सेना र एनआरएनबीच विपद् व्यवस्थापनमा सहयोग मझदारी पत्रमा हस्ताक्षर

[caption id="attachment_12942" align="alignnone" width="960"]
तस्विरः नेपाली सेना[/caption]
साउन – ५ । नेपाली सेनाले गैर आवसीय नेपाली संघबीच विपद् व्यवस्थापन सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र गैरआवासीय नेपाली संघकोतर्फबाट उक्त संघका अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार कार्यमा सहयोग र विपद्लाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्नको लागि नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भए बमोजिम उक्त हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त समझदारी पत्रमा विपद् व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्न तथा विपद्को समयमा उद्धार एवं राहत वितरणको लागि आवश्यक सामग्रीहरु गर्ने उक्त समझदारी पत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी पत्रको अवधि २ वर्षको हुने नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Nepali Sena
NRN Nepal
