खेल

प्रतिभालाई सहयोग ४ लाख ५० हजार नाग्यो

प्रतिभालाई सहयोग ४ लाख ५० हजार नाग्यो
साउन - ५ । भलिबल खेलाडी प्रतिभा मालीलाई  ४ लाख ५० हजारभन्दा वढी रकम सहयोग प्राप्त भएकाे छ । Pratima Majhi पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई स्वदेशमा र विदेशमा बस्ने नेपाली सुभचिन्तहरुले गरेको सहयोग संकलन रकम ४ लाख ५० हजार नागेको हाे । अमेरिकाबाट १ लाख ४० हजार ५ सय ५५ नगद सहयोग प्राप्त भएको छ । अष्ट्रेलियाबा६ नगद ५६ हजार एसएमएस सहयोगका लागि पठाएका छन् । दुबइबाट पनि नगद १० हजार सहयोग प्राप्त भएको छ । त्यस्तै, बुधबार महिला भलिबलकी नेपाली टिमकी उप–कप्तान मञ्जु गुरुङले नगद २ लाख ६ हजार ५ सय ५५ हस्तान्तरण गरिन् । न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल मालीका गुरु कुमार राईले प्रतिभालाई जिताउन भलिबल पे्रमीबाट ४ लाख ५० हजार माथीको रकम प्राप्त भइसकेको जानकारी गराए । पिपुल्स च्वाइसको मनोनयनमा भलिबलकी प्रतिभा मालीसँगै फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन् । पिपुल्स च्वाइसको अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा छनोट गरिनेछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने १२ औं संस्करणको स्पोर्टस यही साउन ६ गते हुदैछ ।

Pratibha Majhi prativa mali

विशेष