देश

सडक दुर्घटनामा तीनको मृत्यु, २० घाइते

सडक दुर्घटनामा तीनको मृत्यु, २० घाइते

Accident

साउन - ५ । तनहुँमा बुधबार दिउँसो भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्लाको जामुने गाविसमा भएको दुर्घटनामा दुईजना र घाँसीकुवा गाविसको कमलबारीमा भएको अर्को दुर्घटनामा एकजना गरी तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबवहादुर गुरुङले जानकारी दिए। पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च २३०७ नम्बरको तरकारी बोक्ने भ्यान र विपरीत दिशाबाट आइरहेको ग १ ज ४३२५ नम्बरको ट्याक्सी जामुने–३ गुणादीमा ठोकिँदा स्याङ्जा अर्जुनचौपारी गाविस–४ का टयाक्सी चालक देउबहादुर थापा र सोही ट्याक्सीमा सवार व्यासनगरपालिका–५ का मना थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते थापाको दमौलीस्थित रत्नहरि मेमोरिएल अस्पतालमा उपचारको क्रममा र मनाको उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको गरुङले जानकारी दिए । त्यसैगरी, दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना १ ख ७९८४ नम्बरको ट्रक जिल्लाको घाँसीकुवा गाविस–३ कमलबारीमा ठोक्किँदा बस चालक गोरखा धुवाँकोट गाविसका दीपक नहर्कीको मृत्यु भएको छ । उक्त दुर्घटनामा बसमा सवार अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको दमौली अस्पताल र १७ जनाको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस

Accident tanahun

विशेष