स्वास्थ्य

अक्षयकुमारको फिटनेश राज

अक्षयकुमारको फिटनेश राज

Akshay-Kumar-Diet-Plan

बलिउडका नायक अक्षयकुमार, फिल्म क्षेत्रका सुपर स्टार मात्र नभएर तेक्वान्दोमा ‘बल्याक बेल्ट’ र ‘मार्सल आर्ट’का विशेषज्ञ पनि हुन् ।अक्षय बलिउडमा प्रवेश गर्नु भन्दा अघि देखि नै थाइलैण्डमा आत्मसुरक्षाका लागि ‘मार्सल आर्ट’ सिकाउने काम र फिटनेशका लागि अभ्यास गर्ने गर्थे । अक्षय कुमार बलिउडमा सक्रिय रहे पनि उनको प्रशंसा बलिउडमा मात्र होइन, हलिउडमा पनि त्यतिकै हुनेगर्दछ । यसअघि अक्षयलाई जै कि चैनले ‘हि इज परफेक्ट’ भन्दै प्रशंसा गरेको थिए ।

उनले फिल्ममा ‘रियल स्टन्ट’ पनि दिने गर्छन् । सबैको मुटुमा बस्न सफल भएका अक्षयले फिटनेशका लागि जीवनमा अनुशासन र फरक–फरक तरीकाको ‘वर्कआउट’ गर्न जरुरी रहेको बताउँछन् । फिटनेशका लागि बलिउड अभिनेताहरु मै एक नम्वरमा गनिन्छन् । उनको फिटनेश टिप्सलाई कलाकार ले मात्र नभएर उनका कैँयौ फ्यानहरुले पनि पछ्याइरहेका छन् । उनी ७ बजेसम्म रातीको खाना खाइसक्नु पर्ने र त्यसपछि दुई घण्टा ओछ्यानमा बस्न मन पराउँछु ।’ उनले स्वास्थ्य विशेषज्ञ डिने पाण्डेको फिटनेश टिप्सलाई आत्मसात गरिरहेको बताए । फिटनेशमा विशेष ध्यान दिएकाले नै अक्षय हालसम्म पनि ‘लक्काजवान’ देखिन्छन् ।

अक्षय आफ्नो दिनको सुरुवात नै फिटनेशबाट शुरु गर्छन् । उनी नियमित रुपमा विहान ४ बजेर नै ब्युंझिन्छन् । त्यसपछि उनी ‘मार्सल आर्ट’ र ‘स्वीमिङ’ का लागि १ घण्टा समय निकाल्छन् । उनी भन्छन्न, ‘योग र ध्यानका लागि पनि १ घण्टा समय अनिवार्य निकाल्नुपर्छ ।’ शारीरिक स्वास्थ्यका लागि मानसिक स्वास्थ्य हुन पनि निकै जरुर रहेको बताउँछन्।

Akche kumar

विशेष