समाज

प्याब्सनद्वारा स्कुल बस आगजनीकाे बिराेध

प्याब्सनद्वारा स्कुल बस आगजनीकाे बिराेध
Fire साउन - ६ । निजी तथा आवसीय विद्यालयहरुको संगठन प्याब्सनले पत्रकार सम्मेलन गर्दै दिनदहाडै स्कुल बसमा गरिएको आगजनीको विरोध गरेको छ । प्याब्सनले आगजनीको घटनालगत्तै काठमाडौमा पत्रकार सम्मेलन गरेकाे थियाे । पत्रकार सम्मेलनमा विद्यार्थी चढेको स्कुल बसमा दिनदहाडै गरिएको आगजनीको घटना आततायी र अपारधिक क्रियाकलाप भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएले  विद्यार्थी चढेको बसमा आगजनी हुनुले सरकार विद्यालय र विद्यार्थीहरुको शान्ति सुरक्षाप्रति संवेदनशील छैन भन्ने चरितार्थ भएको अाराेप लगाए । उनले आगजनीको घटनाले विद्यार्थीहरु आतंकित बनेको भन्दै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरे । प्याब्सनका महासचिव डीके ढुंगानाले स्कुल बसमा गरिएको आगजनी कुनै कोणबाट पनि क्षम्य हुन नसक्ने बताए । विद्यार्थीहरुमा मानसिक असर पर्ने किसिमको आपराधिक घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरे ।    

School bus fire

विशेष