ताजा खबर समाज

संसदले डा केसीको मागबारे छलफल गर्न शुक्रबार बैठक डाक्यो

संसदले डा केसीको मागबारे छलफल गर्न शुक्रबार बैठक डाक्यो
साउन – ६ । व्यवस्थापिका संसदले अनशनरत् डा गाविन्द केसीको मागबारे छलफल गर्न शुत्रबार बैठक डाकेको छ । df व्यवस्थापिका संसद, सुशासन तथा अुनगम समितिले बिहिबार सूचना जारी गर्दै सभासदहरुलाई विहान आठ बजे उपस्थित हुन अनुरोध गरेको हो । समितिले काठमाडौं विश्वविद्यालयद्वारा संचालित चिकित्साशास्त्रतर्फ स्थातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको संलग्नताबारे काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गर्ने जनाएको छ । बिहिबार बिहानी सत्रमा डा केसीको माग सम्बाधन गर्नको लागि कांग्रेस नेता तथा सभासद गगन थापा लगाएतका सांसदले सर्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गरेका थिए ।

Samsad

विशेष