खेल

नवयुग र फुपू उत्कृष्ट पुरुष र महिला खेलाडी

नवयुग र फुपू उत्कृष्ट पुरुष र महिला खेलाडी
[caption id="attachment_13176" align="alignnone" width="1800"]:kf]6{; cjf8{ @)&@ ;jf]{Ts[6 6f]nLnfO{ ;Ddfg g]kfn v]ns'b kqsf/ d~råf/f laxLaf/ cfof]lht :kf]6{; cjf8{ @)&@ sf /fli6«o km'6an ;jf]{Ts[6 6f]nLsf] ;Ddfg ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;; रासस[/caption]

साउन - ६ । फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आज आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै ‘पिपुल्स च्वाइस अवार्ड’ पुरस्कार टेबलटेनिसकी नविता श्रेष्ठले जितिन् । यी तीनै विधाका विजेताले एक एक थान पल्सर मोटरसाइकल हात पारे । त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका अञ्जन विष्ट घोषित हुँदा उत्कष्ट प्रशिक्षकको पुरस्कार पनि फुटबलकै बालगोपाल महर्जनले प्राप्त गरे । साथै पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरिन् । त्यस्तै ‘स्पेसल अवार्ड’बाट अखिल नेपाल फुटबल सङ्घका पूर्व कावा अध्यक्ष स्व ललितकृष्ण श्रेष्ठलाई पुरस्कृत गरियो । त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट फुटबलका पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकार पुरस्कृत भए । यी पाँचै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र ‘पिपुल्स च्वाइस’ विधा प्रत्येकमा पाँच पाँच जना मनोनयनमा परेका थिए । अन्य विधाका विजेता कार्यक्रममै घोषणा गरिएको थियो । तेह्रौंँ संस्करणको यस सम्मानमा आठ विधा समावेश गरिएको थियो । राष्ट्रिय फुटबल टोलीलाई भने ‘टिम अफ द इयर’बाट सम्मान गरिएको थियो । रासस

people choice award

विशेष