केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता
साउन – ६ । अनशनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच बिहिबार वार्ता भएको छ । वार्ता सकारात्मक भएको बताइएको छ ।
वार्तापछि केसीका प्रतिनिधि डा. जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । तर यो वार्ता निर्णयक नभएका उनले बताए । केसी आफैंले त्यसमा के प्रतिक्रिया जनाएपछि मात्र थप कुराकानी अगाडि बढ्ने जानकारी दिए ।
१, ३ र ४ नम्बर बुँदामा उल्लेखित मागबारे वार्ता सकारात्मक तरिकाले अगाडि बढेको पनि केसीले राखेको दोस्रो नम्बर मागको विषयमा भने कुराकानी नभएको बताइएको छ ।
चिकित्सा शिक्षा ऐनमा सुधार गर्ने, माथेमा प्रतिवेदन सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता लिनुपर्ने र विगतमा भएका लिखित सम्झौता पूरा गर्नुपर्ने माग राखी केसी १२ दिनदेखि अनसन बसेका छन् ।
Dr. Gobinda Kc