बिहे नै नहुँदै गर्भवति भएपछि टेलिभिजन स्टार केली चर्चामा
अमेरिकी टेलिभिजन स्टार केली जेनर गर्भवती भएको प्रसंगले उनी चर्चामा छिन । यो प्रसंगको सुरुवात उनले नै गरेकी हुन । १८ वर्षे केलीले उनी गर्भवती भएको अर्थलाग्ने प्रसंग सामाजिक संजालमा पोष्ट गरेपछि चर्चा सुरु भएको हो ।
केही समय अधि प्रेमी र्यापर टाइगाबाट आफूले बच्चा चाहेको अभिव्यक्ति दिएकी केली त्यसपछि चर्चामा आएकि हुन् । उनले भने आफू गर्भवति नभएको आफैले पोष्ट गरेको स्टाटसले आफूलाई नै अप्ठेरो पारेको अभिव्यक्ति दिएकी छन् । उनले आफू कसैको प्रेममा रहेपनि यति सानै उमेरमा बच्चा नजन्माउने अभिव्यक्ति दिएकी हुन् ।
आफू भन्दा आठ वर्ष जेठा प्रेमी २६ वर्षिय टाइगासंग उमेर फरकका कारणपनि चर्चामा आएकी हुन् । उनिहरु सन २०१४ देखि प्रेमसम्बन्धमा रहेको भनेर सार्वजनिक गरिसकेका छन् । स्रोतहरुका अनुसार संचारमाध्यमले उनलाई गर्भवति भएको हो भन्ने प्रश्नमा केलीले आफ्नो उमेर सानै भएको र अहिले बच्चा जन्माउने सोचमा नभएको उत्तर दिएकी थिइन् । विभिन्न प्रसंगमा चर्चा र विवादमा आइरहने उनी केही समय अगाडी ओठको सर्जरी गरेको हल्ला नसेलाउंदै गर्भवती भएको चर्चा चलेको हो ।
Kaney Jenar