मनोरञ्जन

ढुकुरको जस्तै जोडी भनेर के गर्नु ? कलाकार नीता र आमेशको भयो ब्रेकअप

ढुकुरको जस्तै जोडी भनेर के गर्नु ? कलाकार नीता र आमेशको भयो ब्रेकअप

Nita Amesh

दुई महिना अघिसम्म एक–अर्काबिनाको जीवन कल्पनासमेत र्गन नसक्ने एउटा जोडी यति बेला एक अर्काको अनुहार नै हेर्न नसक्ने अवस्थामा पुगेको छ । केहि घण्टा भेट नहुँदापानीबिना को माछाझैँ हुने यो जोडी विगत ६ दुई महिनादेखि न त कुनै सामाजिक सञ्जालमा जोडिएको छ, न त एक–अर्काले एसएमएसबाट एक–अर्काको जानकारी लिने गरेको छ ।

यो कुनै चलचित्रको पटकथा होइन, नेपाली चलचित्रका दुई युवा अनुहारको वास्तविक प्रेमकथा हो । केही समयअघिसम्म उदारणिय प्रेमी–प्रेमीकाका रुपमा भिनिने यो जोडीबीच आज ‘मित्रता’ को सम्बन्धसमेत बाँकी छैन भन्ने कुरा झट्ट सुन्दा अपत्यारीलो लाग्न सक्छ, तर वास्तविक यही हो, अभिनेत्री नीता ढुंगाना तथा अभिनेता आमेश भण्डारी पछिल्ला दुई महिना यता औपचारिक सम्बन्धमा समेत छैनन् । आमेश भण्डारी तथा नीता ढुंगाना करिब चार बर्ष लामो गहिरो प्रेम सम्बन्धबाट पछि हटेका छन् ।

चलचित्र क्षेत्रमा मात्र होईन, सार्वजनिक जीवनमा समेत प्रेमी–प्रेमिाकाको आदर्श जोडीका रुपमा स्थापित यो जोडी विगत दुई महिनादेखि एक–अर्कासँग सम्पर्क विहीनको अवस्थामा छ । न त नीताले आमेहसँग सम्पर्क गरेर हालचाल सोधेकीछन्, न त आमेशले नीताका कुनै गतिविधि नियालेका छन् । कतिसम्म भने, लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा समेत नीता र आमेश ‘फ्रेन्ड’ छैनन् । ब्रेकअप नहुँदा सामान्य भनाभनकै क्रममा नीताले आमेशलाई फेसबुकमा अनफ्रेन्ड गरेकी थिइन् ।

आमेशले पनि उनलाई अनफ्रेन्ड गरिदिए । लगत्तै दुवैले एक–अर्कालाई ‘ब्लक’गरेपछि प्रेम सम्बन्ध मै रहेका बेला पुनः फ्रेन्डसिप गर्नखोज्दा फेसबुकले त्यसो गर्न नमिल्ने बताई दियो । चलचित्रका कलाकारहरु प्रेमसम्बन्धमा पर्नु तथा केहि वर्षपछि उनिहरुको विछोड हुनु नेपाल मा मात्र होइन बलिउड तथा हलिउड मा समेत सामान्य मानिन्छ । पछिल्लो समय नेपाली समाजमै सामान्य व्यतिको डिभोर्स हुने क्रम बढिरहेको अवस्थामा चलचित्रका अभिनेता–अभिनेत्रीको प्रेम सम्बन्ध टुक्रिनु सामान्य हो, तर नीता र आमेशको प्रेमसम्बन्धले छोटो समयमै यति गहिरो रुप लिएको थियो, आमदर्शकसमेत उनीहरुले घरजम गरेको समाचार पढ्न व्यग्र थिए । प्रेमसम्बन्धलाई विवाहको स्वरुप दिने तरखर गरिरहेको यो जोडीको प्रेम सम्बन्धले अचानक ‘ब्रेकअप’को रुप लिँदा उनीहरुलाई नजिकबाट चिन्नेहरुसमेत आश्चर्यमा छन् । ब्रेकअप पछि आमेशका अभिभावकहरुले उनलाई उच्च शिक्षाका निम्तिविदेश पठाउले तयारी गर्न थालेका छन् भने नीता आमेशलाइ बिर्सन दिन–रात काममा व्यस्त हुन थालेकी छिन् ।

पछिल्ला दुई महिनायता नीता यति व्यस्त भइन् कि उतm अवधिमा उनले १५ वटाभन्दा बढी म्युजिक भिडियो अभिनय गरिन् सांस्कृतिक कार्यक्रमका क्रममा विदेशसम्म पुगिन् भने एउटा नेपाली चलचित्रमा अभिनयसमेत गरिन् । नीता र आमेशको जोडी’ भनेर प्रशंसा गरिन्थ्यो । उनीहरु बिचको प्रेम यति घनिष्ठ थियो कि उनीहरुको केमेस्ट्री विवाहित जोडी को भन्दा कम देखिदैनथ्यो । प्रेम उत्कर्षमा पुग्नथालेपछि उनीहरु दुवैले चाँडै विवाह गर्ने घोषणा मात्र गरेका अब्बल हुने दाबीसमेत गरेको थिए । पर्दाबाहिर जमेको उनीहरुको जोडीलाई निर्देशक दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई ’ मा उतारे । बिडम्बना के रह्यो भने यही चलचित्रको छायांकनदेखि नै नीता र आमेशबीचको प्रेम सम्बन्धमा बिस्तारै छायाँपर्न थाल्यो ।

आमेश र नीता ले आफ्नो प्रेम सम्बन्ध टुक्रिएको खबरको सकेसम्म गोप्य नै राख्ने प्रयास गरेका थिए । ब्रेकअप हुनुअघि सामाजिक सञ्जालमा आलिंगन, चुम्बनदेखि बेडरुमकै तस्विरसम्मसेयर गर्न नहिचकिचाउने यो जोडीले पछिल्लो दुई महिनायता फेसबुकमाआफ्नो जोडीका कुनै पनि तस्बिर सार्वजनिक गरेन । उल्टो आमेशले केही समयअघि फेसबुकमा ‘एक्लो हुनु उपहार हो कि श्राप ?’ भन्ने शैलीको स्टाटस लेखेर आफू अहिले प्रेममा नरहेको जानकारी घुमाउरो पाराले दिइसकका थिए । आमेशले आफ्ना अन्य स्टटसमा समेत एक्लो हुनुको फाइदा का बारेमा उल्लेख गरेका छन् । आमेशका निराशाजनक स्टाटस भन्दा ठीक विपरीत नीताले आफुलाई खुसी देखाउने शैलीका तस्बिर मात्र पोस्ट गरिरहिन् । म्यूजिक भिडियो तथा चलचित्रमा अभिनय गरिरहेका तस्बिरबाहेक नजिकका साथीहरुसँग घुमघाम गरेका रमाइला तस्बिर ‘फिलिङ ह्याप्पी’शैलीमा पोस्ट गरिन् । भित्री रुपमा भने उनी पनि आमेशसँग सम्बन्ध टुक्रिएकोमा खुशी थिइनन् ।

नीता र आमेशले आफनो प्रेम सम्बन्धका बारेमा पहिलो पटक एक साप्ताहिक मार्फत जानकारी गराएका थिए । दुई वर्षअघि को भ्यालेन्टाइन विशेष साप्ताहिक मा उनीहरुको प्रेममय अन्तर्वार्ता प्रकाशित भएको थियो जसमा दुवैले आफ्नो जोडी जुनी–जुनी का लागि भएको दाबी गरेका थिए । साप्ताहिकबाट

aambar gurung Nita Dhungana

विशेष