रिलिज अगावै कबालीले कमायो २ सय करोड
भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म कबालीले रिलिजअगावै दुई सय करोड भारतीय रुपैयाँ आर्जन गरिसकेको भारतीय न्युज एजेन्सीले जनाएका छन् । फिल्मको संगीतलगायत सेटेलाइट अधिकारबाट उक्त रकम कमाई भइसकेको बताइएको छ ।
आज पाँच हजार स्क्रिनमा यो फिल्म एकैपल्ट रिलिज भइसकेको छ । जसमा अमेरिकामा मात्र चार सय स्क्रिनमा एकैपल्ट फिल्म रिलिज हुनेछ । फिल्म समिक्षकहरूले तीन दिनभित्र कबालीले एक सय करोडभन्दा बढी आम्दानी गर्ने विश्लेषण गरेका छन् । ग्याङ् स्टारको कहानीमा आधारित यो फिल्म निमार्णका लागि एक सय ५० करोड खर्च भएको थियो । फिल्मको प्रायः सुटिङ मलेसिया, हङकङ र बैंककमा गरिएको छ । फल्मका निर्देशक थानुले फिल्मको कमाई पाँच सय करोड पुग्ने दाबी गरेका छन् ।
Kabeli