रियो ओलम्पिकमा सहभागी खेलाडीलाई बिदाइ

साउन - ७। प्रधानसेनापति राजेन्द्र क्षत्रीले रियो ओलम्पिक २०१६ मा नेपालका तर्फबाट भाग लिन जाने खेलाडी एवम् प्रशिक्षकलाई शुभकामना तथा नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
जङ्गीअड्डामा आयोजित विशेष कार्यक्रममा ब्राजिलको रियो दि जेनेइरिओ सहरमा यही साउन २१ गतेदेखि सञ्चालन हुने रियो ओलम्पिक २०१६ मा नेपाली सेना तथा त्रिभुवन आर्मी क्लबसँग आबद्ध खेलाडी एवम् गैरसैनिक खेलाडी र प्रशिक्षकसहित १२ जनालाई प्रधानसेनापतिद्वारा जनही रु २५ हजार र खेल पोसाक प्रदान गर्नाका साथै सफलताको कामना गरी बिदा गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
nepali player
Olympic