मनोरञ्जन

मध्यरातमा किन ऋतिकलाई भेट्न पुगे शाहरुख

मध्यरातमा किन ऋतिकलाई भेट्न पुगे शाहरुख
sarukh ritik साउन - ७ । बलिउड अभिनेता शाहरुख खान मध्यरातमा अर्का अभिनेता ऋतिक रोशनको घरमा पुगेका छन् । शाहरूखले आफ्नो फिल्म ’रईश’ को ऋतिकको ’काबिल’ सँगको सम्भावित वक्सअफिस भिडन्तलाई लिएर छलफल गर्न ऋतिकको घरमा पुगेका थिए । त्यहाँ शाहरूखले ऋतिकका बाबुसँग सो बारेमा केही घण्टा कुरा गरेका थिए । भेटका बारेमा आधिकारिक भनाइ नबाहिरिए पनि उनीहरूबिच भएको छलफल उत्साहजनक भएको बताइन्छ । शाहरूखसँगै ऋतिकको जुहुस्थित निवासमा ’रईश’का निर्माता रितेश सिध्वानी पनि उपस्थित थिए । उनीहरू बीच केही समय पहिले पनि फिल्मको रिलिजलाई लिएर कुराकानी भएको थियो । त्यतिबेला शाहरुखले रिलिज मितिमा केही व्यवस्थापन हुनसक्ने बताएका थिए । उनले सम्भव भएसम्म फिल्म नभिडाउने पक्षमा आफूहरू रहेको बताए । शाहरूखले त्यतिबेला ठूला फिल्म ३५०० देखी ४००० हलमा रिलिज हुनुपर्ने बताउँदै दुई फिल्म जुध्दा फिल्मले हलमा पाउनुपर्ने जत्ति रफ्तार नपाउने भएकाले ८÷१० हजार हल नहुँदासम्म २ ठूला फिल्म नजुध्नु वेस हुने भनेका थिए । शाहरुखको यस किसिमको भनाइमा ऋतिकले आफूहरूले यो निर्णय छलफलका लागि निर्माताको हातमा छोडिदिएको बताएका थिए । दुबैको फिल्म आगामी वर्ष जनवरी २६ मा रिलिज हुने तयारीमा रहेका छन् ।

Sarukh Khan

विशेष