पेटको ग्यास कसरी फाल्ने
आजकाल मानिसहरुलाई धेरै रोगहरु देखापरेको छ । पेटको रोगले धेरैलाई सताएको छ । धेरै चिसो, बासी खानेकुरा, धेरै खानु वा राती ढिला गरी खाना खाएर सुत्दा बेला पेट डम्म फुल्ने वा ढुस्स हुने हुन्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।
जुवानोः एक चम्चा जुवानो पिनेर तातो पानीमा मिसाएर खाँदा पेट ढुस्स हुने समस्यामा आराम मिल्छ ।
पुदिनाः पुदिनाको पातको अचार खाँदा वा तातो पानी र पुदिनाको पात चपाउदा पेढ ढुस्स कम हुन्छ ।
कागती पानीः कागती पानीले पनि पेट ढुस्स हुँदा औषधिको काम गर्छ ।
सुपः सुप वा दालको रसले पनि पाचनक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।
अदुवा पानीः तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ ।
दहीः दहीले पाचन प्रणालीलाई सहयोग गर्छ ।
नरिवलः नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ
gastric