देश

भारतीय पक्षकाे बाँधले नेपालकाे भूमि डुबानमा

भारतीय पक्षकाे बाँधले नेपालकाे भूमि डुबानमा
badh साउन - ८ । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रूपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रूपन्देही र कपिलवस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । भारतले सीमा सडक निर्माण योजनाअन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्की बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुबान प्रभावित मोहम्मद फारुद खाँले गुनासो गरे । बाँधको फाँटक पूर्ण रूपमा नखोल्दा, सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चार फुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य भूमि डुबानमा पर्दा धान रोपाइँ गर्नबाट वञ्चित भएको नेपाल किसान संघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए । ‘हुलाकी सडक आसपास धान हरियै भएको छ, दक्षिणको खेत डुबानले सागर बनेको छु, किसान संघका जिल्ला अध्यक्षसमेत रहेका त्रिपाठीले भने । अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।

badhi duban Kapilbastu Rupandehi

विशेष