Technology

यस्ता छन् प्रहरीले भित्र्याउँदै गरेका नयाँ प्रविधि

यस्ता छन् प्रहरीले भित्र्याउँदै गरेका नयाँ प्रविधि
POLICE साउन - ८ । उपत्यकाका प्रहरी कार्यालय तीन–चार वर्षअघिसम्म टाइपराइटरका भरमा चलेका थिए । तर, अहिले टाइपराइटर विस्थापित गरेर गुगलम्यापका आधारमा पुलिसिङ हुन लागेको छ । गुगलम्याप, भिडियो लाइभ हुने सञ्चारसेट तथा ड्रोनबाट पुलिसिङको तयारी गरेर नेपाल प्रहरीले डिजिटल प्रविधिमा आफूलाई अघि बढाएको छ । प्रहरीले यही वर्षदेखि ड्रोन पुलिसिङको तयारी गरेको छ । ट्राफिक व्यवस्थापन तथा आन्दोलनको अवस्था नियाल्न ड्रोन (युएभी क्यामरा) प्रयोग गर्न लागेको छ । गुगल म्यापबाट पुलिसिङकाे मध्यमबाट उपत्यकाका तीन जिल्ला, मोरङ, कास्की र सिन्धुपाल्चोकमा कार्यलयमै बसेर कुन प्रहरी कुन स्थानमा छन् भन्ने थाहा पाउन सकिन्छ । कुनै लोकेसन पत्ता लगाउन गाह्रो भएमा पनि कन्ट्रोल रुमबाट निर्देशन दिन सकिन्छ ।मोबाइलमा जस्तै सेटमै दुईजनाबीच मात्र पनि कुरा गर्न सकिन्छ । यो प्रविधिलाई ७५ जिल्लामै पुर्‍याउने तयारी भइरहेको छ । प्रहरीले करिब ६ करोड रुपैयाँको लागतमा र्‍यापिड कम्युनिकेशन सिष्टम भित्राएको हो । आन्दोलन, मेला, भिआईपी आवाज–जावतमा यो प्रविधि प्रभावकारी हुने छ । यस्तो सेट जुनसुकै स्थानमा पनि गाडिमार्फत बोकेर हिड्न सकिने र १५ मिनेटभित्रै स्टल गर्न सकिने उनको भनाइ छ । प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानमा एक–अर्काे कार्यालयबाट फोन गर्नुपर्दा कुनै शुल्क लाग्दैन । तीन कार्यालयमा टेलिफोनको आफ्नै इन्टरकम सुविधा प्रहरीले विस्तार गरेको छ । बिश्वमा ४/५ वर्षअघि मात्र सुरु भएको डिजिटल हाई फ्रिक्वेन्सी रेडियो सेवा पनि नेपाल प्रहरीले भित्र्याउने तयारी गरेको छ । यसबाट इन्टरनेशन नपुगेको स्थानबाट पनि प्रहरीले यसको सहयोगमा इन्टरनेट सुविधा प्रयोग गर्न सक्छन् । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।

Nepal Police Technology

विशेष