
साउन ८ । कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सडक पूर्ण अवरुद्ध हुन पुगेको छ ।
आज बिहान करिब ६ बजेर १० मिनेटको समयमा झन्डै ४०÷५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउन अहिले मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लामो पहिरो खसेकाले बाटो खुलाउन केही घन्टा लाग्ने जनाइएको छ ।
यसअघि शुक्रबार साँझ सोही सडकअन्तर्गत सेती दोभानमा खसेको पहिरोका कारण रातभरि एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो । एकतर्फ सडक सञ्चालनका कारण प्रभावित भएका सवारी कालीखोलामा पहिरो खस्दाबीचमा नै रोकिन पुगेका छन् ।
पहिरो खस्दा चितवनबाट पोखरा र काठमाडौँ जाने आउने सवारी बीच बाटोमै रोकिएका छन् । सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएकाले यहाँ सुक्खा समयमा समेत पहिरो जाने गरेको छ । रासस
mugling-naryangadh