समाज

प्रधानन्यायाधीश कार्कीलाई ज्यान मार्ने धम्की आएको खुलाशा

प्रधानन्यायाधीश कार्कीलाई ज्यान मार्ने धम्की आएको खुलाशा
jp jupta, susila karki तत्कालिन संचारमन्त्री जेपी गुप्तालाई भ्रष्टचार ठहर गर्ने फैशला गरेपछि प्रधानन्यायाधीश सुशीला कार्कीलाई ज्यान मार्ने धम्की आएको खुलेको छ । प्रधानन्यायाधीश कार्कीका श्रीमान दुर्गा सुवेदीले नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा पत्नीको ज्यान लिने धम्की आएको खुलाशा गरेका हुन् । न्यायाधीश छँदा कार्कीले बहालवाला मन्त्रीलाई जेल फैशला सुनाएकी थिइन् । नेपालको इतिहासमा नै बहालवाला मन्त्री भ्रष्टचारी ठहर भइ जेल चलान भएको सो घटना पहिलो थियो । सो फैशलापछि कार्कीले विराटनगर बस्दै आएका पति र छोरालाई काठमाडौं बोलाएको सुवेदीले जनाएका छन् । उनले नयाँ पत्रिकामा दिएको अभिव्यक्ति यस्तो छ । न्यायाधीस हुदाँ म छोरा विराटनगरमै थियौ, त्यतिबेला आठ अजार दिनुहुन्थ्यो । अहिले १० हजार दिनुहुन्छ । छोरो स्कुल पढिरहेको थियो, उसलाई पनि हेर्नु थियो । उहाँले जेपीको भष्ट्राचारसम्बन्धी मुद्दा दिएपछि ‘तपाईलाई यो धर्तीमा हिड्नु छैन’ भन्नेसम्मका धम्की आए । उहाँ एक्लै बस्ने कुरा गर्ने मान्छे पनि नहुदाँ आत्तिनुभयो पनि होला । मलाई फोन गरेर ‘फूलमाला चढाउन मात्रै आउने हो, के त्यस्तै ईच्छा राख्नुभएको हो ।’ भनेर हुकुमकै शैलीमा आउन भन्नुभयो । अनि, यतै आइयो । उहाँको कति बैङक ब्यालेन्स छ, मैलै सोधेको पनि छैन उहाँले बताउनुभएको पनि छैन । पैसाको विषयमा ठूलै किचलो भएको त छैन । तर, उहाँलाई नसोधी मैले खर्च गर्दा रिसाउनुहुन्छ । तैपनि, मलाई के लाग्छ भने, यो संसारमा महिलालाई फूलजत्तिकै सुन्दर बनाइएको छ । हाम्रो समाज पितृसत्तात्मक छ, त्यही सोचअनुसार पुरुषले महिलालाई डोमिनेट गरेको हुन्छ । तर, हाम्रा धर्मग्रन्थमा त्यस्तो छैन, महिलालाई सम्मान दिएको छ । जस्तो भगवान् राम र सीताको नाम लिदाँ सीताराम भनिन्छ । हाम्रो घरमा पनि त्यस्तै हो, सीताराम हुन्छ । उहाँले चुरोट, रक्सी केही खानुहन्न । उहाँको पिताजी रक्सीकै कारण चाडैँ बित्नुभयो । त्यसको प्रभाव पनि होला, उहाँ छुदै छुनुहुन्न । म पहिला किसुनजी, शेरबहादुर देउवासगं बसेर रक्सी खान्थे, अहिले खान छोडिदिए । किसुनजीले धेरै माया गर्नुहुन्थ्यो, घरेलु ऐलादेखि ब्रान्डेड उच्चस्तरिय रक्सी खाइयो । म रक्सी खाएको दिन सकभर उहाँको अगाडि पर्दैनथेँ । बाबुसगं सुत्थेँ । बाहिरबाट आउदा उहाँले मुख सुघ्नुहुन्थ्यो । खाएको छ भने मुख गनाएको छ यहाँ बस्ने होइन भन्नुहुन्थ्यो । खाएको छु भने बाबुलाई पनि उचालिदिने, उसले पनि गाली गर्ने । राजनीति फेयर भएन, मनी मसल, चाहिने नैतिकताको कुनै अर्थ भएन । अनी बिरक्त भएर छोडिदिए । उहाँले राजनीतिक मान्छे नभेट्नु भन्नुहुन्छ । तर, मैले भेट्छु । भेटेर बिग्रने होईन, उनीहरुको स्वार्थअनुसार काम पो नगर्ने हो त ।    

Jp Gupta Sushila Karki सुशीला कार्की

विशेष