देश

एक सातादेखि जुफाल विमानस्थल ठप्प

एक सातादेखि  जुफाल विमानस्थल ठप्प
jufal साउन - ८ । डोल्पा जिल्ला स्थित जुफाल विमानस्थल बन्द भएपछि एक सातादेखि यहाँको हवाईयातायात ठप्प भएको छ । निरन्तरको वर्षा कारण नेपालन्जबाट–डोल्पा हवाई सेवा ठप्प भएको नागरिक उडड्यन प्राधिकरण जुफालले जनाएको छ । मौसम खराबीका कारण कतिपय उडान बिचैबाट फर्कनुपर्ने बाध्यता छ । विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको उनीहरुको गुनासो छ । वर्षा जारी रहेकाले विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै भिरको बाटो यात्रा गर्न बाध्य भएका छन् । विमानस्थल सुचारु नभएपछि डोल्पामा दैनिक उपभोग्य सामानको समेत अभाव भएको छ । रासस

Dolpa Jufal Airport

विशेष