माइतीघरमा गोविन्द केसीको पक्षमा प्रर्दशन
साउन - ८ । काठमाडौंको मइतीघर मण्डेलामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा प्रर्दशन हुँदैछ । मेडिकल माफियालाई प्रश्रय दिएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसहित असार २६ गतेदेखि आमरण अनसनमा बसेका केसीका पक्षमा प्रर्दशन हुन लागेको हो ।
केही दिन पहिले डाक्टर भोला रिजालको नेतृत्वमा सोही ठाऊंमा निजी मेडिकल कलेजले केसीका विरुद्ध प्रर्दशन गरेका थिए । संसदको सुशासन आयोगले भोलि आयोग प्रमख कार्कीसहित सबै पदाधिकारीलाई प्रष्टिकरणका लागि बैठकमा बोलाएको छ । केसी पक्षधरले शक्ति प्रर्दशनका रुपमा लिएको आजको सभाामा सहभागी हुन आह्वान गर्दै सामाजिक संजालमा स्टाटस छ्याप्छ्याप्ती लेखिएको छ ।
Dr. Gobinda Kc