स्वास्थ्य

यस्तो रहेछ नर्सहरु विदेशप्रति आकर्षित हुने तथ्य

यस्तो रहेछ नर्सहरु विदेशप्रति आकर्षित हुने तथ्य
Nursing-Careerसाउन - ८ । अहिलेको समयमा नर्सिङ पढ्ने र पढाउने संस्थाको चाप बढ्दो छ । नर्सिङको पढाइ सकिने वित्तिकै जागिरको ग्यारेन्टि हुन्छ भनेर आकर्षित हुनेहरु धेरै छन् भने अहिलेका पछिल्लो समयमा बिएससी नर्सिङ गरेर विदेश जान्छु भन्नेहरुको पनि कमि छैन । स्वदेशमा नर्सलाई परिचालन गर्ने उचित संस्था नभएको र श्रमको मूल्य नभएको हुदाँ उनीहरु विदेशप्रति आकर्षण हुने गर्छन् । तर जीवनमा सोचेजस्तो कहाँ हुन्छ र ? कसैले यस पेसामा आइपर्ने विभिन्न समस्या र चुनौतीलाई सहजै स्वीकार्न सक्छन् भने कसैमा पीडादायक सन्नाटाले मनभित्र डेरा जमाउँदै लैजान्छन् । र, विस्तारै विदेशको मोहमा रुपान्तरित हुन्छन् । किनभने अध्ययनको अन्तिम चरणमा पुग्दा नै नर्सिङ पढ्नेहरुलाई सम्पूर्ण स्थितिको बारेमा जानकारी भइसकेको हुन्छ र उनीहरुको मौलिक सोचाई परिवर्तन हुँदैजान्छ । यहाँ नर्सहरुको उत्पादन धेरै छ । प्रत्येक घरमा एकजाना नर्स भेटिन्छन् तर त्यसअनुसारको जनशक्ति खपत गर्ने स्वास्थ्य संस्था भने कम छन् । त्यसमा पनि अन्तर्रा्ष्ट्रिय स्तरका नर्स र बिरामीको अनुपात कायम नभएकाले र श्रमको उचित मुल्य नभएकोले गर्दा नै नर्सहरु विदेशप्रति बढि आकर्षित भएका हुन् । बिदेशी मुलुकहरुमा नेपाली नर्सहरुको बढ्दो माग छ । यसले गर्दा विदेशी दुतावासहरुले नर्सहरुलाई अरु फिल्डमा भन्दा अलि सजिलै भिसा दिने हुनाले नेपालमा नर्सिङ पढने र बाहिर गन्तव्य बनाउने लहर चलेको हुनसक्छ । त्यस्तै यहाँ काम पाइहाले पनि आफनो नोकरी सुनिश्चित गर्न र उज्ववल भविष्यको आशासहित नेपाली नर्सहरु विदेश जाने क्रम बढेको हुन सक्छ । यहाँका प्रत्येक समस्याको समाधान गर्दै काम गर्ने नर्सहरुमा पनि राम्रोसंग काममा सन्तुष्टि नहुने हुनाले, विस्तारै उनीहरुले पनि विदेशलाई केन्द्रविन्दु बनाउन थालिरहेको छन् । नेपाली नर्सहरुले प्रायः अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडाजस्ता विकाशील देशहरुलाई आफनो प्रमुख गन्तब्य बनाउदै आएको पाइन्छ । यद्यपि पछिल्लो समय फिनल्याड, जापान, कोरिया, साइप्रस, दुबईजस्ता देशहरुमा पनि आकर्षित भएको पाइन्छ । जसको मुख्य कारण ती देशमा भएका नेपाली युवकहरुले जीवनसाथीको रुपमा नर्सलाई नै रोज्नु पनि हो । वर्तमान परिप्रेक्षमा विदेशी सुख–सुविधा उपयोग गरि आफनो जीवन सुखमय बनाउन खोज्नु कुनै गलत कार्य हुन सक्दैन । तर यसरी विभिन्न कारणले विदेश भएका नर्सहरुले केही समयमा आफनो भविष्य सुनिश्चत गरि नेपाल फर्कने हो भने देशको गरिबी निवारण लगाएत नर्सिङ्ग क्षेत्रको विकासमा ठुलो योगदान पुग्न सक्छ । कुनै पनि स्वास्थ्य संस्थाहरुमा नर्स भएनन् भने ती अस्पतालहरु सञ्चालनमा रहन सक्दैनन् । यो कुरा यस क्षेत्रका विशिष्ट व्यक्ति र सबै स्वास्थ्यकर्मीहरुले आत्मसाथ गरेर अगाडि बढेमा नेपाली नर्सहरुको भविष्य उज्जवल हुने थियो र चिकित्सा क्षेत्र पनि उज्जवल हुने थियो ।

nursing

विशेष