देश

बक्राहा खोला गाउँ पस्यो, ६१ घर डुबानमा

बक्राहा खोला गाउँ पस्यो, ६१ घर डुबानमा

Men walking on the banks of the swollen Rieu River following incessant rainfall at Madi, Chitwan, on Friday. Photo:THT

साउन - ८। लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला आज बिहान बेतेनीको गाउँ तर्फ पसेको हो ।

खोला गाउँ पस्दा गाउँका ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताउनुभएको छ । सो स्थानबाट यसअघि पनि दुई पटक खोला गाउँमा पसेको थियो । यस्तैगरी मधुमल्ला– ४ र ५ मापर्ने धप्पर टोलमासमेत खोलाको कटानले बाढी पस्न लागेकाले त्यहाँका स्थानीय बासिन्दा त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताए। अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको तर उद्धारमा भने अविरल वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताए । गत असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी तीन ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २०० भन्दा बढी घर डुबानमा परेका थिए । साथै सो क्षेत्रमा ३०० बिघा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । रासस

badhi Badhi Pahiro bakraha khola

विशेष