स्वास्थ्य

शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या बढ्दो

शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या बढ्दो
Opretionसाउन - ८ । नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ । तथ्याङ्कले देखाए अनुसार धेरै गर्भवती सुत्केरी हुँदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको छ । सन् २०१५ मा सरकारले गरेको सर्वेक्षणमा नेपालको १५ दशमलव ६ प्रतिशतले शल्यक्रिया गराउने गरेको तथ्याङ्क पाइएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा गई सुत्केरी हुने ५५ दशमलव २ प्रतिशतमध्ये शल्यक्रियामार्फत १५ दशमलव ६ प्रतिशतले बच्चा जन्माउने गरेको पाइएको हो । फेरिएको र सुधारिएको जीवनशैली र प्रसव पीडाबाट मुक्त हुन शल्यक्रियामार्फत बच्चा जन्माउन चाहनेको सङ्ख्या बढी रहेको चिकित्सक बताउँछन् । स्वास्थ्य विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले यो संख्या नेपालको परिप्रेक्ष्यमा निकै उच्च भएको बताए । उनका अनुसार नेपालको सन्र्दभमा यो संख्या निकै उच्च भएको र अहिले विदेशको तुलना पनि नेपालको सङ्ख्या उच्च हो । विभिन्न कारणले अहिले शल्यक्रियामार्फत बच्चा जन्माउनु प्रचलनको रुपमा विकास हुँदै गएको उनी बताउँछन् । नेपालमा अहिले ज्योतिषलाई हेराइ उचित दिन, नक्षत्र पारेर त्यस दिन बच्चा जन्माउने प्रचलन पनि बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १०० प्रतिशतमा १५ प्रतिशत गर्भवतीमा जटिलता आउँछ र त्यसमध्ये पाँच प्रतिशत मात्र शल्यक्रिया गर्नुपर्ने अवस्थामा हुन्छन् । एजेन्सी

Bir Hospital hospital Operation

विशेष