स्वास्थ्य

चट्याङबाट कसरी बच्ने ?

चट्याङबाट कसरी बच्ने ?
 

chatyang

साउन–८ । दुर्घटनाको कुनै निश्चित समय हुँदैन । जुनसुकैबेला पनि प्राकृतिक प्रकोप हुन सक्ने भएको कारणले गर्दा हामी आफू सतर्क हुनुपर्छ । हरेक वर्ष चट्याङमा परेर धेरै मानिसहरुको ज्यान जाने गर्दछ तर हामी आफैँले पनि केहि सतर्कता अपनाए चट्याङबाट बच्न  सकिन्छ ।

कसैमाथि चट्याङ लागेमा तुरुन्तै डाक्टर बोलाइहाल्नुपर्छ । धेरै मानिसमा चट्याङ लागेको मानिसलाई छुनु हुँदैन भन्ने धारणा छ । करेन्ट लागेको मानिसमा विधुतिय करेन्ट बाँकी हुँदैन । त्यसकारणले पिडितलाई छुदा अरु मानिसलाई करेन्टको झट्का लाग्दैन । चट्याङ लागेको व्यक्तिको तत्काल नाडि छाम्नुपर्छ र प्राथामिक उपचार दिने ज्ञान भए दिईहाल्नुपर्छ । धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने भएकाले उनीहरुको टाउको र खुट्टाको भाग जलेका हुन्छन् । पिडितको हड्डी भाँचिएको हुन सक्छ । त्यसैगरि उनीहरुको सुन्ने शक्ति र हेर्ने शक्ति समाप्त हुन सक्ने हुनाले यी कुराहरुको तुरुन्तै जाँच गराउनुपर्ने हुन्छ । अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ । किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ । थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ । रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतहमा बस्नु राम्रो हुन्छ । छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ । एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो । त्यसैले होशियार हुनैपर्छ ।

Chatyang jyoti magar with nepal aaja Nepal aaja

विशेष