पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुने पाठेघर अर्थात (सर्भाइकल क्यान्सर) नेपालका महिलाहरुमा सार्वधिक मात्रामा देखिने रोग हो ।
यो संक्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके १० बर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट (गर्भासय श्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ ।
यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो बिधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन । यो ५ देखि १५ मिटेनमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा २ दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हँुदैन । साथै यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुदैन ।
यो परीक्षण ३५ देखी ६० बर्षका महिलाले बर्षको कम्तिमा एकपटक अनिवार्यरूपमा गर्नुपर्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षती हुनबाट बचाउँछ । यो परीक्षण पहिला ६ महिनाको फरकमा ३ पटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक बर्षपछि परीक्षण गर्नुपर्छ ।
यसमा पनि नेगेटिभ देखिएमा ३ बर्षपछि परीक्षण गराउनु पर्छ । यसमा पनि नेगेटिभ देखिएमा ५ बर्ष पछि परीक्षण गर्नुपर्छ । यसको प्रक्रिया लामो भएकाले बिचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्छ ।
यो क्यान्सरबिरुद्ध खोपको पनि आविस्कार भैसकेको छ । यो खोप ९ देखि १३ बर्षका बालिकालाई लगाइन्छ । यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन ।
संक्रमणका लक्षण
यदि पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । संक्रमणको पहिलो लक्षण भनेको योनीबाट सेतो पानी बग्ने र चिलाउने हो । यो लक्ष्यण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
कसरी हुन्छ संक्रमण
महिलाले धेरै जनासँग असुरक्षित यौन सम्बन्ध राखेमा पुरुषले धेरैजनासँंग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा सर्छ सानै उमेरमा बिवाह भएमा सानै उमेरमा यौन सम्बन्ध राखेमा सानै उमेरमा बच्चा जन्माएमा धेरै बच्चा जन्माएमा धेरै गर्भाधारण गरेमा धूमपान गरेमा (महिला वा पुरुष)