विपाशासँग छैन एउटै फिल्म

कुनै समय बलिउडकी सबैभन्दा धेरै रुचाइएकी अभिनेत्री विपाशा बसुबारे केही समयअघिसम्म विवाहलाई लिएर खबर बनिरहेका थिए । त्यसपछि उनी मिडियाबाट हराइन् । यसको खास कारण रहेछ, उनले कुनै फिल्ममा काम नगर्नु । त्यसो त उनलाई फिल्मका अफर नै नआएका भने होइनन् । आएका फिल्मलाई पनि उनले अस्वीकार गरिरहेकी छिन् ।
यो अर्थमा विपाशा बसुको करिअरमा ब्रेक लागेको अनुमान गरिएको छ । त्यसो त केही सहयअघि मात्र करणसिंह ग्रोवरसँग विवाह गरेकी उनी अहिले पारिवारिक जीवनको करिअरको सुरुवातमा छिन् ।
Bipasa Basu