मनोरञ्जन

को हुन रजनीकान्त ? कुल्लीबाट कसरी बने सुपरस्टार

को हुन रजनीकान्त ? कुल्लीबाट कसरी बने सुपरस्टार

 


थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका रजनिकान्त सर्वाधिक परिश्रमिक लिने अभिनेता हुन् । सन् १९५० डिसेम्बर १२ मा निकै गरिब परिवारमा जन्मिएका थिए ।

यति प्रचावितभए कि आफ्नो फिन्ममा अभिनय गर्ने मौका, रजनिकान्तले पहिलोचोटि सन् १९७५ मा तमिल फिल्म ‘अपूर्व रागान्जल’ मा अभिनय गर्ने मौका पाएका थिए । सो फिल्ममा कमल हसन प्रमुख भूमिकामा थिए । निर्देशक के बालाचन्दर निर्देशित उक्त फिल्मकम रजनिकान्त को जम्माजम्मी १५ मिनेट लामो भूमिका थियो । त्यो फिल्म बाट उनलाई कसैले पनि ‘मार्क’ गरेनन् । त्यपतवेला उनै रजनिकान्त भविष्यमा सुपरस्टार बन्न ेछन भन्ने कसैले पनि सोचेका थिएनन् ।

रजनिकान्तले निर्देशक के बालाचन्दरलाई सधैँ आफ्नो गुरु मान्ने गरेका छन् । अभिनय सिक्ने क्रममा साउथ इन्डियाका सुपरस्टार रजनीकान्त अभिनीत पछिल्लो फिल्म ‘कबाली’ शुक्रबारदेखि प्रदर्शनमा छ । उनको फिल्म हेर्न दर्शकहरू साताअघि नै टिकट बुक गर्ने मात्र होइन, आधारातमै हल काउन्टरमा लाइन लाग्ने गर्छन् । थुप्रै हिन्दी फिल्ममा समेत अभिनय गरेका रजनीकान्त सर्वा्धिक पारिश्रमिक लिने अभिनेता हुन् ।

सन् १९५० डिसेम्बर १२ मा निकै गरिब बेंलुरीको मराठी परिवारमा जन्मिएका उनले जीवनमा भरियादेखि लिएर पलम्बरको समेत काम गर्नुपरेको थियो । ६६ वर्षीय सुपरस्टार रजनीकान्तका बारेमा भारतीय अनलाइन मिडियामा प्रकाशित रोचक तथ्य यस्ता छन्

रजनीकान्तको खास नाम शिवाजी राव गायकवाड हो । उनका बाबु रामोजी राव पुलिस थिए । आमा जिजाबाईको निधनपछि चार भाइबहिनीमध्येका कान्छा रजनीको परिवारमा निकै समस्या पर्यो । घर चलाउनका लागि उनले कुल्लीदेखि लिएर पलम्बर, डकर्मी हुँदै बसको कन्डक्टरसम्मको काम गर्नुपरेको थियो ।

बसको कन्डक्टर हुँदादेखि नै रजनीको स्टाइल चर्चित थियो । यात्रुलाई आफ्नो बसको टिकट कटाउन पनि उनले अनेक शैली अपनाउँथे । जसकारण अरू बसका कन्डक्टरहरू रजनीको ईष्र्या गर्थे । उनले अनेक गरेर बस सधैँ खचाखच पार्थे । रजनीको अजिबका स्टाइल देखेर साथीहरूले उनलाई मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना हुने सल्लाह दिए । उक्त इन्स्टिच्युटमा रजनीकान्त निर्देशक के बालाचन्दरका नजरमा परे । रजनीकान्तको स्टाइल देखी ती निर्देशक यति प्रभावित भए कि आफ्नो फिल्ममा अभिनय गर्ने मौका दिए ।

रजनीकान्तले पहिलोचोटि सन् १९७५ मा तमिल फिल्म ‘अपूर्व रागान्जल’मा अभिनय गर्ने मौका पाएका थिए । सो फिल्ममा कमल हसन प्रमुख भूमिकामा थिए । निर्देशक के बालाचन्दर निर्दे्शित उक्त फिल्ममा रजनीकान्तको जम्माजम्मी १५ मिनेट लामो भूमिका थियो । त्यो फिल्मबाट उनलाई कसैले पनि ‘मार्क’ गरेनन् । त्यतिवेला उनै रजनीकान्त भविष्यमा सुपरस्टार बन्नेछन् भन्ने कसैले पनि सोचेका थिएनन् । रजनीकान्तले निर्देशक के बालाचन्दरलाई सधैँ आफ्नो गुरु मान्ने गरेका छन् । अभिनय सिक्ने क्रममा भेट भएका र उनले आफूलाई पहिलोपटक फिल्ममा मौका दिएकाले गुरु मानेका हुन् । तर, उनलाई अर्का निर्देशक एसपी मथुरामनले हिरोका रूपमा स्थापित गरेका हुन् । मथुरामनले आफ्नो तमिल फिल्म भुभाना अरू केल्भिककुरीको पहिलो हाफमा रजनीलाई भिलेन बनाएका थिए भने दोस्रो हाफमा उनलाई हिरोका रूपमा प्रस्तुत गरेका थिए । उक्त फिल्म सुपरहिट भएको थियो । त्यसपछि नै रजनीकान्तको भाग्य खुलेको हो ।

निर्देशक मथुरामनले रजनीकान्तलाई लिएर दोस्रो फिल्म बनाए । फिल्ममा उनी आफ्ना भाइहरूका लागि सबै कुरा त्याग्न सक्ने त्यागी दाइको भूमिकामा थिए । दर्शकले त्यो फिल्म पनि निकै मन पराए । महिला दर्शकमाझ पनि रजनीकान्त निकै चर्चित भए । उनको करिअरमा यो फिल्मले ठूलो महत्व राख्छ । त्यसपछि रिलिज भएको निर्देशक जे महेन्द्रनको ‘मुल्लुम मुलारुम’ले रजनीकान्तलाई अझ धेरै चर्चा दियो ।

लगातार सफलता हासिल गरिरहेका रजनीकान्तको जीवनमा यस्तो एउटा क्षण पनि आयो कि उनले फिल्म अभिनय छोड्ने निर्णयसमेत गर्नुप¥यो । एक समय आफ्ना फिल्म असफल भएको तोडमा उनी निकै रन्थनिएका थिए । तर, उनी अभिनीत ‘बिल्ला’ फिल्म सुपरहिट भयो । त्यसपछिका उनका फिल्म पनि दर्शकले निकै मन पराए । जसकारण, बुढेसकालमा पनि उनी उत्तिकै चर्चित, सफल र व्यस्त छन् ।

सन् १९८० मा ‘अन्धा कानुन’ फिल्ममार्फत रजनीकान्तले बलिउडमा पाइला राखेका हुन् । साउथमा आफ्नो स्थान बनाइसकेपछि बलिउडका फिल्ममा अभिनय गरेका रजनीकान्तले ‘चालबाज’, ‘हम और खुनका कर्ज’, ‘विरासत’लगायतका फिल्ममा काम गरे । ‘रोबर्ट’, ‘शिवाजी दी बोस’, ‘चन्द्रमुखी’लगायतका केही फिल्मले त संसारमै तहल्का मच्चाएका थिए ।

kabali Rajani Kanta

विशेष