अर्चनाको फिल्म फ्ल्प भएपछि निर्माता बेहोस
साउन ९ । आफू पोर्न फिल्ममा अभिनय गर्न लालायित भएको भन्दै अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् । उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् ।
अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए । अर्चनाले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सकिएपछि एकाएक करण क्रेजी र सुरज प्रधानको ‘छेस्को’ फिल्ममा अभिनय गरिन् । छेस्को केही वर्षअघि नै निर्माण पूरा भएर प्रदर्शनका लागि हल कुरिरहेको थियो ।
अर्चनालाई केही सिनमा अभिनय गराएर रातारात जिस्मभन्दा अगाडि जेठ २१ मा छेस्को प्रदर्शन गरियो । अर्चनालाई हाइलाइट गरी प्रदर्शन गरिएको छेस्को नामजस्तै छेस्को भयो । मुढो बन्न सकेन । छेस्को हेर्न हलमा दर्शक नगएपछि राजु पनि चिन्तित भए । अन्ततः ३१ असारमा प्रदर्शन भएको राजुको जिस्म पनि असफल भयो ।
archana paneru