स्वास्थ्य

कसरी जोगाउन सकिन्छ बर्खामा मेकअप

कसरी जोगाउन सकिन्छ बर्खामा मेकअप

Makeup अहिले बर्खाको सिजन छ । यो भोज–भतेरको सिजन पनि हो । बर्खा छिचोल्दै निम्तो स्वीकार गर्नुपर्ने हुन्छ । त्यसैले यस सिजनमा हरेक महिलालाई आवश्यक पर्छ पानी र पसिनामा पनि टिक्न सक्ने मेकअप । जुन पायो त्यही मेकअप पानीको हल्का बाछिटाले पनि बिगार्ने खतरा हुन्छ । त्यसैले मेकअप जोेगाउने टिप्स यस्ता छन् १. मेकअप गर्नुअघि रुमालमा आइस राखेर पूरै अनुहार पुछ्न नभुल्नुहोस् । २. अनुहार पुछेपछि पेनकेक लगाउने र फर्म भिजाएर अनुहारमा हल्का थिच्नुहोस् । ३. पेनस्टिक र पेनकेक पानीले सहजै बिगार्न नसक्ने वाटरप्रुफ प्रयोग गर्नुहोस् । ४. लिपस्टिक र स्याडो पनि वाटरप्रुफ नै प्रयोग गर्न नभुल्नुहोला । ५. मेकअपको अन्त्यमा टेलकम पाउडर पूरै अनुहारमा लगाएर स्प्रे गर्नुहोस् । यसले मेकअप राम्रोसँग सेट गराउँछ । ६. स्प्रे गरेपछि सानो रुमाल या फर्मले हल्का टच गर्नुहोस् । प्लस १ टिप्स यस विधिबाट मेकअप गर्दा पानीले जति छोए पनि बिग्रिने चिन्ता हुँदैन । तर, बाहिर जानुभन्दा कम्तीमा एक घन्टाअगाडि नै मेकअप गरिसक्नुपर्छ ।

Make up Woman Health

विशेष