यौन-शिक्षा स्वास्थ्य

एच्आइभी राेगीका लागि पत्ता लाग्यो नयाँ ‘एन्टीबडी’

एच्आइभी राेगीका लागि पत्ता लाग्यो नयाँ ‘एन्टीबडी’

HIV-AIDS एजेन्सी । एड्स एउटा यस्तो रोग हो जस्को उपचारका लागि औषधी खाँदै गर्दा बिरामी आफ्नो मृत्यूको दिन गनिरहेका हुन्छ । अध्ययनकर्ताले लामो समयदेखि एड्स रोग बिरुद्धको औषधी बनाउन अध्ययन गरिरहेका छन् । यसै अध्ययनका सन्दर्भमा अाैषधी अध्ययनकर्ताहरुले नयाँ एन्टीबडी पत्ता लगाएका छन् जुन एड्सकाे उपचारका क्रममा सहायक सिद्ध हुनेछ ।

भर्खरै गरिएको नयाँ अध्ययनबाट क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने रोग प्रतिरक्षा चिकित्सा (इम्यूनोथेरापी) लाई एचआइभीको बिरुद्धमा पनि प्रयोग गर्न सकिने छ । निष्कर्षमा भनिएको छ – पत्ता लगाईएको एण्टिबडीले शरीरमा ‘चिमेरिक एण्टिजेन रिसेप्टर्स’ (सीएआर) नामक कोशिका तयार गर्ने र उक्त कोशिकाले ‘एचआइभी वान’ संक्रमित कोशिकालाई मार्न सक्षम हुने छ । सीएआर कृतिम कोशिका हो जसले आफ्नो सतहमा रिसेप्टर पैदागरी संक्रमण गर्ने कोशिकाहरुलाई न्यूनिकरण गर्दछ । यो अध्ययन ‘वाइरोलोजी’मा प्रकाशित भएको थियो ।

Health hiv aids

विशेष