मनोरञ्जन

‘कबाली’ले कमायो पहिलो दिन मै २५० करोड !

‘कबाली’ले कमायो पहिलो दिन मै २५० करोड !

साउथ सुपरस्टार रजनिकान्तलाई मन नपराउने विरलै छन् । भर्खरै प्रदर्शनिमा आएको उनको फिल्म ‘कबाली’ ले पहिलो दिन २ सय ५० करोडको विजनेस गरेको दाबी गरिएको छ । उक्त फिल्म शुक्रबार प्रदर्शनीमा आएको हो ।

निर्मातालाई उदृत गर्दै वलिउड भाष्करले लेखेको छ कि, आजसम्मका सबै रेकर्ड तोड्दै ’काबाली’ले झ्याप्प नतोडिने रेकर्ड राख्यो । कबाली रिलिजका लागि भारतमा सार्वजनिक बिदा नै दिइएको थियो ।

फिल्मले पहिलो दिन तामिलनाडुमा मात्रै १ सय करोड कमाएको निर्माताले दाबी गरेका छन् भने भारतका अन्य शहरहरुको सबै गरेर १ सय ५० करोड विजनेस दाबी गरिएको छ ।

विश्वभरका करिब १० हजार पर्दामा एकसाथ रिलिज भएको फिल्मले भारत बाहिर पनि उस्तै प्रकारको आक्रामक विजनेस फिल्मले गरेको छ ।

फिल्मले पहिलो तीन दिनमा २ सय करोड कमाउने आँकलन गर्दैगर्दा सार्वजनिक यी विजनेसले सिनेमा पण्डितहरुलाई चकित पारेको छ । तर हिन्दी डब भर्सनमा भने दर्शक धेरै देखिएनन्, डब भर्सनको पहिलो दिनको कमाई २ करोड मात्र छ ।

bharat lakai kawali rajnikant

विशेष