देश पर्यटन

पर्यटक आवागमन ५१ प्रतिशत घट्यो - चितवन राष्ट्रिय निकुञ्ज

पर्यटक आवागमन ५१ प्रतिशत घट्यो - चितवन राष्ट्रिय निकुञ्ज

chitwan भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा गतवर्ष भन्दा ५१ प्रतिशतले कमी आएको छ । गत आ.व.मा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । अघिल्लो आ.व. २०७१÷७२ मा एक लाख ७८ हजार २५७ पर्यटक निकुञ्ज भित्रिएका थिए ।

अघिल्लो आवमा नेपाली ३५ हजार ९२९, दक्षिण एसियाली मुलुकका १४ हजार ६८९ र अन्य मुलुकका एक लाख २७ हजार ६३९ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७१÷७२ मा भन्दा आव २०७२÷७३ मा ९० हजार १६६ कम पर्यटक भित्रिएका निकुञ्जले जानकारी दिएको छ ।

पर्यटक घटेसँगै राजस्वमा समेत गिरावट आएको छ । गत आ.व.मा रु ११ करोड ६७ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो भने अघिल्लो आ.व.मा २४ करोड ६२ लाख ३७ हजार राजश्व सङ्कलन भएको थियो । पर्यटकले हात्ती चढ्ने, जिप सफारी, पैदल यात्रा, डुङ्गा यात्रालगायतबाट निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गर्ने गर्दछन् ।

chitwan national park tourism tourism in nepal

विशेष