स्वास्थ्य

खाना र निन्द्राको सम्बन्ध, कस्ता खानेकुरा खाने ?

खाना र निन्द्राको सम्बन्ध, कस्ता खानेकुरा खाने ?

women having fruit सुत्नमा कठिनाइँको समस्या देखिन्छ । न्यून कार्बोहाइडे«ड, भिटामिन डी, लाईकोफेनले पनि राम्रो निन्द्रा लाग्दैन । अर्कोतर्फ भिटामिन सी, क्याल्सियम र पानीको अभाव वा शरिरमा कोलेस्ट्रोल वा फ्याटको मात्रा बढी हुँदा जतिखेर पनि निद्रा लाग्ने गर्छ । अस्वस्थकर खानाले निन्द्रासँग सम्बन्धित अन्य समस्या ल्याउँछ ।

उपर्युक्त खानेकुराले शरिरलाई उर्जा दिन निकै मद्दत गर्छ । तर कुन खानेकुरा कतिखेर र के खानेकुरा खाने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सकिदैँन भने यसको दोष खानेकुरामा पनि हुन्छ । राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बयस्कले उच्च मात्रामा चिनी र चिल्लोचाप्लोयुक्त खाएमा मानिसहरु बारम्बार ब्युझिने गरेको एक अध्ययनले बताएको छ । चिनि र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ । त्यसैगरि सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् । नियन्त्रित खानेकुरा खादा १७ मिनेटमा निदाउने मानिस आफ्नो इच्छा अनुसारको खानेकुरा खाँदा भने २९ मिनेटमा माात्र निदाउँने कुरा विज्ञहरुले बताउदैँ आएका छन् । पर्याप्त डाइटको अभाव र सोडियमको मात्रा बढीले पनि राम्रोसँग सुत्न यस्तो खानेकुरा खानुहोस् स्वस्थ्य खानेकुरा खानुले नै शरिरलाई स्फूर्ति दिन्छ । कतिपय यस्ता खानेकुरा छन जसको उपभोगले तपाईलाई मस्त निन्द्रा लाग्छ । कहिलेकाहिँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा तपाईको निन्द्रा भने भगाइदिन्छन् । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त पोषण खाने मानिसलाई दिउसोको समयमा बढी उँघ्छ । कफी कफी आफैमा शक्तिबद्र्धक पदार्थ हो । कफी पिउदा प्राय मानिस रातमा पनि जाग्राम बस्छन् । तर, दिउसोको समयमा एक पटक कफी खाँदा निन्द्राबाट मुक्ती हुन्छ र हाम्रो दैनिकी सहज हुन्छ । गर्भवती र बालबालिकालाई कफीले फाइदा गर्दैन । दिउसोमा दुई तीन पटक वा राती सुत्नुअगाडि कफी खाँदा इन्सोमेनिया वा निन्द्रामा असन्तुलन हुन्छ । गुलियो खानेकुरा गुलियो खानेकुराले हाम्रो निन्द्रालाई नकरात्मक अशर गर्छ । त्यही भएर प्राय महिलाले आफ्ना नानी बाबुलाई सुत्नु अगाडि गुलियो खानेकुरा, क्यान्डी तथा चकलेट खान दिँदैनन् । चिनिलाई शरिरले सजिलै गलाइदिन्छ जसका कारण ब्लड ग्लुकोजको तहमा उतारचढाब ल्याइदिन्छ । फस्वरुप तपाईलाई निन्द्राबाट बञ्चित गर्छ । मरिच, खुर्सानी र अत्यधिक मसलायुक्त खानाले पनि कतिपय मानिसको पाचन प्रणालीमा असर गर्छ । जसका कारण निन्द्राको सन्तुलन विग्रन्छ । अझ सुत्ने समयमा मसलादार खानेकुरा खाँदा त रातभर जाग्राम बनाइदिन्छ । फास्ट फुड प्रायजसो प्याकेटमा उपलब्ध हुने फास्ट फुड तपाईको निन्द्राका शत्रु नै हुन् । चिल्लाा, कार्बोहाइड्रेडयुक्त, सन्तृप्त फ्याट र सोडियमको मात्रा उच्च भएका खानेकुराले रातको निदलाई नकरात्मक असर गर्छ । मदिरा मदिराले गहिरो निन्द्रा लाग्नुका साथै घुर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नशाको सुरुमा केही समय गहिरो निन्द्रा लागे पनि केही समयपछि अनिन्द्रा बढ्नुका साथै दिउसभर आँखा झुल्छ । मध्यान्नमा नसुत्ने बिहानको खानापछि लाग्ने निन्द्राकै कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । अलि दहे लन्च गर्दा निन्द्राले बढी झुम्ने र काम गर्दा ध्यान भंग हुन सक्छ । लन्चको समयमा बढी कार्बोहाईड्रेडयुक्त खाना खाँदा दिउसो उम्ने समस्या कमि हुन्छ । दिउसो हैन राती सुत्नुहोस कतिपय मानिस मध्य रातसम्म नसुत्ने तर दिउसोको समयमा सुत्ने बानी हुन्छ । व्याबासायिक वा पेशागत बाध्यता बाहेक दिउसो सुत्नु राम्रो होइन । सन्तुलित खानाले निन्द्रामा सुधार ल्याउने र दिउसभर फूर्तिलो बनाउछ । निन्द्रालाई अशर गर्ने खानेकुरा छोड्नुको अतिरिक्त निश्चत प्रकारका खानेकुरा खाएर पनि सुत्न सकिन्छ । ट्राइपटोफान एटा स्वभाविक रसायन हो यसले दिमागलाई शान्त र निन्द्रा प्रदान गर्ने सेरोटोनिन उत्पादन गर्न सहयोग गर्छ । बदामको दुध, अन्डा, चकलेट ट्राइपटोफानका महत्वपूर्ण स्रोत हुन् ।

Food Health

विशेष