खेल

एपिएफ समुह ए बाट फाइनलमा प्रवेश

एपिएफ समुह ए बाट फाइनलमा प्रवेश
apf policeसाउन - ९ । महिला राष्ट्रिय क्रिकेटमा शसस्त्र प्रहरीको एपिएफ समुह ए बाट फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मध्यपश्चिमाञ्चल क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो । पहिले व्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धा्रित २० ओभरमा ८ विकेटको नोक्सानीमा ६४ रन बनायो । जवाफमा ६५ रनको लक्ष्य एपिएफले १ विकेटको क्षतीमा भेट्टायो । प्रतियोगिता अन्तर्गत सुदुरपश्चिमाञ्चल महिला क्रिकेट टिमले पनि पहिलो जित निकालेको छ । अाइतबार भएको खेलमा पश्चिमाञ्चललाई ८ विकेटले पछि पार्दै सुदुरपश्चिमाञ्चलले विजयी सुरुवात गरेको हो । पहिले व्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित ओभरमा ३ विकेटको क्षतीमा ९१ रन बनायो । जवाफमा ९२ रनको लक्ष्य सुदुरपश्चिमाञ्चले २ विकेटको नोक्सानीमा १९ औ ओभरमा पुरा ग-यो । दुवै खेल हारेको पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत भोली मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल महिला क्रिकेट टिम तथा सुदुरपश्चिमाञ्चल र पुर्वाञ्चल महिला क्रिकेट टिम बीच खेल हुने छ ।

APF

विशेष