ताजा खबर सफलताको कथा समाज

लाइसेन्स हेर्ने नाममा फोन नम्बर लिएर पुरुष ट्राफिकले यस्तोसम्म गर्दारहेछन्

लाइसेन्स हेर्ने नाममा फोन नम्बर लिएर पुरुष ट्राफिकले यस्तोसम्म गर्दारहेछन्
Tempu-Chalak (दिनिसा लामा, २४ काठमाडौंमा ट्याम्पो चलाउंछिन् । रामेछापबाट काठमाडौं पढ्न आएकी दिनिसाको जीबनगाथाका बारेमा स्विकृति डाँगीले गरेको कुराकानी) ट्याम्पो चालक कसरी बन्नु भयो ? पढाई को शिलशिलामा काठ्माडा आएको थिए‌ । तर काठमाडौंमा बस्न सोचेको जस्तो सजिलो हुँदोरहेनछ । आर्थिक अवस्थाले नै ट्याम्पो चालक बने । टेयाम्पो चालक बनेको कति वर्ष भयो ? ४ वर्ष । काठमाडौंमा को–को बस्नु हुन्छ ? अलिहे त एक्लै बस्दै छु कसरी बन्नु भयो ट्याम्पो चालक ? एफ स्किल जेसीआइलोजी भन्ने संस्था ले दिएको निशुल्क तालिममार्फत मेरो जीबन मोडियो । घर परिवार मा कति जना हुनुहुन्छ ? १० जना को परविार छ म साइली छोरी हुं । मेरा दिदीहरुको बिहे भइसक्यो र मेरा स–सना भाइबैनीहरु गाउँ मै छन् । बिहे भएको छैन ? छैन, अब गर्ने बिचारमा छु । व्याइफ्रेण्ड छ । ट्याम्पो चलाउँदा यात्रुले तपाईप्रति गर्ने व्यपहार कस्तो छ ? राम्रो हुन्छ धेरैले प्रसंसा गर्नु हन्छ । पढ्ने समयमा धेरै दुःख गर्दै हुनुहुन्छ, तपाईको काम उदाहरणीय र प्रसंशनिय छ भन्दै हौसला दिनु हुन्छ । ट्राफिक प्रहरीले केटी भनेर हेप्ने गर्छन कि गर्दैनन ? सबै उस्तै हुदैनन् तर कोही कोही भने जिस्कन्छन् । हेपेर बोल्ने गर्छन । लाइसेन्स हेर्ने बहानामा नम्बर लिएर कल गर्नै जस्ता व्यवहार पनि गर्छन दुःख दिन्छन । केही भन्यो भने लाइसेन्स खोस्ने जरिवाना तिराउने गर्छन् । ट्राफिक हवल्दार चन्द्रबहादुर चौधरीले लाइसेन्स हेर्ने बाहनामा नम्बर घोकेर हैरान बनाएका थिए । त्यसपछि त तारान्तार फोन गरे । आजित भएपछि मैले सीम नै फेरे । ट्याम्पो चलाउने क्रममा दुर्घटना भएको खण्ड मा कस्ले हेर्छ ? हाम्रो संघ छ –नेपाल ययतायात स्वतन्त्र मजदुर संगठन । चालक दुर्घटनामा परेको अवस्थामा संघले बोल्दिने र सहयोग गर्ने गर्छ । महिला सुत्केरी हुँदा भत्ता दिने पनि गर्छ । ५ वर्षमा लाइसेन्स रिन्यू गर्छ । ट्याम्पोबाट फाइदा हुन्छ त ? एक ट्रिप बराबर साहूलाई तीन सय रुपैयाँ दिनुपर्छ । आफुलाई महिनामा २०/ २५ हजार नाफा हुन्छ । यो व्यवसायबाट सन्तुष्ट छु । घर परिवार पालेकै छु र आफ्नो खुट्टामा उभिएको छु । तपाईको संघमा महिला मात्र ट्याम्पो चालक छन् ? पुरुषपनि छन तर महिलालाई पहिलो प्राथमिकता दिन्छन । पढाइ के भयो ? पशुपति कलेज पढ्दा पढ्दै छोडेको हुँ । यदि पढेको भए शिक्षिका बन्ने इच्छा थियो । अब फेरी पढ्ने इच्छा छ छैन्, अब झन ठुला गाडी चलाउने इच्छा छ । यूएनका(सयुंक्त राष्ट्रसंघ) बन्द हड्ताल को बेला के गर्नु हुन्छ ? साहुले काममा जाउ त भन्छन् । यदि गएको छ भने त्यो दिन को हिसाबले साहुलाई दिनु पर्छ तर जाँदिन । झ्याल फुटाउने, ढुङ्गा हान्ने जस्ता क्रियाकलाप हुन्छन् । गाह्रो हुन्छ । ज्यानको बाजी के थाप्नु ? बन्द हुँदा हामीलाई नोक्सान हुन्छ । तीन पाग्रें गाडि चलाउन बन्द हुंने कुरापनि चल्ने गर्छ । त्यसो भयो भने ? यस कुरा मा चिन्ता छैन । सघंले चार पाग्रें गाडी चलाउने तालिम दिइसकेकोे छ, (हा हा हा हा) ।

Nepal Tempo Tempo

विशेष