रक्तचाप उच्च छ ? जान्नुहोस यी १० महत्वपूर्ण कुरा
१) रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।
२) मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।
३) उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।
४) औषधि आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।
५) मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।
६) जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।
७) उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।
८) गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।
९) २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।
१०) पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ ।