स्वास्थ्य

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्
breast-pain-tharakorn चिकित्सा विज्ञानअनुसार मास्टाल्जिया भन्ने यो समस्या रजस्वला उमेर वा रजनोवृत्ति दुवै अवस्थामा हुनसक्छ । तथापि कम उमेरका महिलामा स्तन दुख्ने समस्या बढी देखिने गरेको छ । आफ्नो जीवनको कुनै न कुनै समयमा लगभग ७० प्रतिशत महिलाले स्तनमा पीडा महसुस गर्छन् र ती मध्ये १५ प्रतिशतमा उपचार आवश्यक पर्दछ । स्तन दुखाइको अवस्था र दुख्ने स्थान फरक हुने गर्छ । दुवै स्तन वा एउटा स्तनमा वा स्तनमुनि दुख्नसक्छ । साथै पीडा सामान्यदेखि असह्य हुने तथा स्तन कडा भएको, पोलेको महसुस हुने गर्दछ । विशेषगरी हर्मोन प्रणालीमा आउने परिवर्तनले गर्दा स्तन दुख्ने गरेकाले महिलाले आतिनु पर्दैन । रजस्वला, गर्भावस्था, स्तनपान वा रजनोवृत्तिले हर्मोनको अवस्थामा उतारचढाव आउँछ । यसैले ती अवधिमै स्तन दुख्ने समस्या बढी उत्पन्न हुन्छ । स्तन दुखाउने कारण स्तनको आकार विभिन्न खालको हुन्छ । केही महिलामा स्तन दुख्ने समस्या अरुको दाँजोमा बढी पनि देखिएको छ वा उनीहरु जोखिममा बढी हुन्छन् । महिलामा दुग्धनली वा ग्रन्थीको विकास हुँदा स्तनमा सिस्ट बन्छ । स्तनको सिस्ट पानी भरिएका थैली हुन् । जो नरम वा कडा हुनसक्छ । यिनले पीडा उत्पन्न गर्न पनि सक्छ नगर्न पनि सक्छ । रजस्वला अवधिमा यो सिस्ट ठूला हुन्छन् र महिला रजनोवृत्तिमा पुगेपछि सिस्ट आफैं हराउँछ । औषधि केही प्रकारका औषधिले समेत स्तनमा पीडा उत्पन्न हुनसक्छ । प्रजनन् समस्याको उपचारमा प्रयोग गरिने औषधि, गर्भ निरोधक खाने चक्की, रजनोवृत्तिपछि प्रयोग गरिने एस्ट्रोजिन र प्रोजेस्टेरोन औषधि, डिप्रेसनका औषधि, पिसाब लगाउने केही औषधि आदिले स्तनमा पीडा हुने देखिएको छ । स्तनको शल्यक्रिया स्तनको शल्यक्रिया गराएको अवस्थामा क्षतचिन्हले् स्तन दुखाउँन सक्छ । स्तन दुखेमा के गर्ने ? स्तन दुखेको अवस्थामा घरमै राहत पाउने केही उपाय अपनाउन सकिन्छ । तथापी घरेलु उपचारमै सँधै भूल्नु हुँदैन र समस्या ज्यूँकात्यूँ छ वा बल्झिँदै गएको छ भने चिकित्सा उपचारको बाटो समात्नु पर्छ । घरेलु उपाय –मिलेको ब्रा लगाउने –केफिन र सोडियमको मात्रा कम गर्ने अर्थात चिया, चकलेट, कफी, हल्का पेय पदार्थ तथा नुन कम खाने – कम चिल्लो भएका खाद्यवस्तु खाने । फलफुल, तरकारी र अँकुरित खाद्यवस्तु बढी खाने – शरीरको तौल वाञ्छित राख्ने – शरीरमा भिटामिन बी६, बी१ र ई को पर्याप्त मात्रा राख्ने – तनाव र बेचैनीबाट मुक्त रहने – दैनिक व्यायाम गर्ने

breast pain

विशेष