
साउन - १० । मोरङको टंकिसिनवारी स्थित सिंगिया खोलाले बगाएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ देवीस्थान गाविस –७ घर भई टंकिसिनुवारी गाविस –३ मा डेरा बस्ने टंकबहादुर खड्काको छोरा १८ वर्षीय कृष्ण खड्का रहेका छन् ।
डेरा नजिकै हिजो अपरान्ह पौडी खेल्ने क्रममा खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका खड्कालाई खोजी गर्ने क्रममा एक किलोमिटर दक्षिण मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।
Morang
singhiya khola