देश

जिल्ला प्रशासन कार्यालयकाे फ्याक्स मेसिन बिग्रदा सेवाग्राहीलार्इ सास्ती

जिल्ला प्रशासन कार्यालयकाे फ्याक्स मेसिन बिग्रदा सेवाग्राहीलार्इ सास्ती
nepalसाउन – १० । जिल्ला प्रशाशन कार्यालय धनुषामा फ्याक्स मेसिन बिग्रिएर सेवा ग्राहीहरु मर्कामा परेका छन । दैनिक रुपमा सरकारी कामकाज भैरहने ठाउँमा एक हप्तादेखि फ्याक्स मेसिन बिग्रिएको हो । जसको कारण अत्यन्त महत्वपूर्ण काम हुने सेवाग्राहीहरु त्यतिकै फर्कन बाध्य भएका छन । धनुषा जिल्ला प्रशासन कार्यालयका कर्मचारी दिप कुमार कर्णका अनुसार फ्याक्स मेसिन बिग्रिएको एक हप्ता भईसकेको छ । तर, बनाउन कुनै पहल नभएको उनी बताउछन । सेवाग्राहीबाट धेरै गुनासो आएपछि नेपाल आजले प्रशासन कार्यलयमा खबर गरेको थियो । प्रशाशन कार्यालयका कर्मचारी शिवचरण ठाकुरले फ्याक्स मेसिन बनाउने टुङ्गो नभएको नेपाल आजलाई जानकारी दिएका छन् । दैनिक रुपमा धेरै कामकाज हुने सरकारी कार्यालयमा फ्याक्स मेसिन नै नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारी कार्यलयमा यती धेरै ढिलासुस्ती हुदाँ सम्बन्धित निकाय मौन छ । सेवाग्राहीहरु हप्तौदेखि काम नभएर आउँदै फकिर्दै गरेको गुनासो छ । उनीहरु भन्छन ‘एउटा सामान्य काम पनि नभएर फर्कनु परेको अवस्था छ ।’

dhanusha

विशेष