देश

गाउँपालिकाको सीमा र संख्या तोक्न परामर्श

गाउँपालिकाको सीमा र संख्या तोक्न परामर्श
khotangसाउन - १० । खाेटाङ, जिल्ला विकास समितिले गाउँपालिकाको सीमा र संख्या निर्धारण विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको मापदण्ड अनुसार जिविसले एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ अब कायम गरिनुपर्ने गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण विषयमा साउन १६ भित्र रायसुझाव पेस गर्न सबैलाई आव्हान गरेको छ । स्थानीय विकास अधिकारी निश्चलराज पाण्डे संयोजकत्वको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले विज्ञ र सर्वसाधारणसँग छुट्टाछुट्टै छलफल तथा परामर्श जारी राखेको छ । प्राप्त सुझाव साउन मसान्तभित्र आयोग समक्ष बुझाइने जिल्ला विकास समितिले जनाएको छ । केही समयअघि स्थानीय शान्ति समितिको संयोजनमा बसेको सर्वदलीय बैठकले भने जिल्लामा १३ गाउँपालिका हुनुपर्ने राय आयोगलाई बुझाएको थियो ।

khotang

विशेष