Technology

बालबालिकालार्इ कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने ?

बालबालिकालार्इ कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने ?
केही समय यता धेरै अभिभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ? smart phone प्रविधिले राज गरेको यो समयमा स्मार्टफोन,इन्टरनेट प्रयोग गर्ने मुख्य माध्यम बनेको छ । इन्टरनेटका धेरै फाइदा छन् तर साथसाथै बेफाइदा पनि छन् । धेरै राष्ट्रहरुमा कतिपय सामग्री चलाउनका लागि निश्चित उमेर तोकेको हुन्छ । तर संसरमा भएका कुनै पनि कानुनले अविभावकलाई आफ्ना बच्चाहरुलाई यही उमेरमा स्मार्टफोन दिनुपर्छ भनेर तोकेको छैन। धेरैजसो बालबालिकाले कलिलो उमेरमा नै स्मार्टफोनको प्रयोग गर्ने क्रम बढेसँगै आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक भन्ने विषयमा धेरै बहस भैरहेका छन् । इन्फ्युएन्स सेन्ट्रलले सन् २०१२ मा १२ वर्षभन्दा कम उमेरका बालबालिकामा एक अनुसन्धान गरेका थिए । अनुसन्धानबाट स्मार्टफोन प्रयोग गर्ने औसत उमेर १० वर्ष भएको देखाएको थियो । साथै सोही अध्ययनमा केही बालबालिकाले ७ वर्षको उमेरमै स्मार्टफोनको प्रयोग गर्ने भेटिएको थियो । सेन्ट्रलका प्रमुख स्टेसी डी ब्रोफले भने, ‘बालबालिकाहरुले अविभावकको स्मार्टफोनको प्रयोग गर्छन् । जसका कारण उनीहरु बालबालिकालाई स्मार्टफोन दिनका लागि बाध्य हुन्छन् , यसकारण पनि बालबालिकाले अझै कलीलो उमेरमा स्मार्टफोनको प्रयोग गर्ने सम्भावना देखिन्छ । कमन सेन्स मिडियाका प्रमुख जेम्सका अनुसार अविभावकले आफ्ना छोराछोरीलाई स्मार्टफोन दिदाँ उमेरमा भन्दा पनि उनीहरु आफूले गरेको काममा कती जवाफदेही छन् भन्ने आधारमा निर्धारण गर्नु पर्ने भनेका छन् । अध्ययनमा सहभागी केहीले समार्टफोनको प्रयोग गर्ने सही उमेर १२ वर्ष बताएका थिए भने केहीले १४ वर्ष बताएका थिए । तर सहभागी सबैले स्मार्टफोनको प्रयोगले बालबालिका अनलाइका मार्फत सेक्स च्याट तथा अन्य गलत बाटोमा हिँड्न सक्ने भन्दै स्मार्टफोन प्रयोग गर्दा सेफ्टीमा ध्यान दिनु पर्ने बताएका थिए। कमन सेन्स मिडियाले १ हजार २ सय ४० बालबालिका तथा अविभावकमा गरेको एक अध्ययनमा सहभागी ५० प्रतिशत बालबालिकाले आफुहरु स्मार्टफोनको लतमा फसेको बताएका थिए । अध्ययनमा सहभागी ६४ प्रतिशत अविभावकले आफ्ना बालबालिका अत्याधिक स्मार्टफोनको प्रयोग गर्ने बताएका थिए भने ३६ प्रतिशतले आफ्ना बालबालिकासँग स्मार्टफोनका विषयमा दैनिक विवाद हुने बताएका थिए। स्मार्टफोनसम्बन्धी अहिले पनि धेरै भ्रम रहेका छन् । केहीले अध्ययनका सामाग्री खोज्नुका साथै आफ्ना साथीभाई तथा आफन्तसँग कुरा गर्न स्मार्टफोन प्रयोग हुने भएकाले यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका थिए भने केहीले बालबालिकाले स्मार्टफोनको माध्यमबाट अश्लिल साइट हेर्ने तथा गलत बाटोमा लाग्ने भन्दै यसलाई नकारात्मक रुपमा लिनुपर्ने बताएका थिए । पहिले बालबालिकालाई सामान्य सन्देश पठाउन मिल्ने तथा फोन मात्र गर्न मिल्ने मोबाइल फोन दिनुपर्ने र उनीहरुले यसको प्रयोग कुन रुपमा गर्छन् भन्ने निरिक्षण गर्नुपर्ने बताए । अविभावक स्वयम्ले आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा आफ्ना बालबालिकालाई अश्लिल साइटको प्रयोग गर्नबाट रोक्न केही सेटिङको प्रयोग गर्न सक्छन्। त्यसका लागि अविभावकले एप्पल आइफोनमा बोर्ड फूल फिचर्सको प्रयोग गर्न सक्दछन् । यसबाट उनीहरुले बालबालिकालाई वयस्क सामाग्री हेर्न तथा सेलुलर डाटाको प्रयोग गर्न रोक लगाउन सक्नेछन्। त्यस्तै एन्ड्रोइड स्मार्टफोनमा सोही फिचर्स नभए पनि अविभावकले त्यसमा भएको गुगल प्लेस्टोर एपको प्रयोगमा रोक लागाउनुका साथै आफ्ना बालबालिकाले साथीभाईलाई गरेका एसएमएस तथा फोनको दैनिक निरीक्षण गर्दा उनीहरुलाई कुलतको बाटोमा जानबाट रोक्न सकिन्छ । एजेन्सी

Child help children Smart Phone

विशेष