स्वास्थ्य

आँखा स्वस्थ्य राख्ने ६ उपाय

आँखा स्वस्थ्य राख्ने ६ उपाय

Eye

आखाँ एकदम सम्बेदनशिल भाग हो । संसारलाइ हेर्न आखाँ को एकदम धेरै महत्व छ । आखाँविनाको संसार केवल अन्धकार हो। मानिसहरु आखाँको भागलाइ निएर धेरै सम्बेदनसिल पनि हुन्छन् । आखाँबिनाको संसार कल्पना समेत गर्न सकिदैन । यो संसारमा आखाँको ज्योति नभएका हरु चाहाना नैसंसार हेर्नु हो । त्यसैले आखाँ को धेरै हेरचाहर गर्नु आवश्यक छ । । आखाँ स्वास्थ कसरी राख्ने भन्ने बारेमा डाक्टरहरुको सुझाब १. सूर्यको अल्ट्राभाइलेट किरण र अन्य प्रदुषण ले गर्दा आखाँमा असर गर्दछ । त्यसैले बाहिर हिँड्दा सुरक्षित आइग्लास लगाउनु राम्रो हुन्छ । यसले घाम र धूलो दुवैबाट आँखालाई सुरक्षित राख्न मद्दत गर्दछ । २. बाहिरी प्रदूषणले अनुहार र आँखाको कोष धुलाम्मे भएपछि अधिकांशले घर पुगेलगत्तै आँखामा पानी छ्याप्ने गरेको देखिन्छ । यस्तो गर्नु हुदैन किनभने आखाँमा पानी छ्याप्दा धूलो आँखाभित्र जाने सम्भावना बढी हुन्छ र अझ आखाँलाई खतरा हुन सक्छ । अनुहार सफा गरेपछि हत्केलामा स्वच्छ पानी राखेर छ्याप्दा भने आँखालाई फाइदा गर्छ । आँखा सुक्खा बनेको अवस्थामा पानीले हल्कासँग भिजाउँदा पनि फाइदा गर्छ । ३. कम्प्युटर–ल्यापटपमा लामो समय निरन्तर कामगर्नु हुदैन यसरी निरन्तर हेरिरहँदा आँखा चाँडै बिग्रिने खतरा हुन्छ । स्क्रिनमा २० मिनेटसम्म हेरेपछि २० सेकेन्डदेखि एक मिनेटसम्म आँखालाई आराम दिनैपर्छ दिनहु स्क्रिनमा बसेर काम गर्ने व्यतिmले हरेक घन्टाको अन्तरमा आँखाको कसरत गर्दा राम्रो हुन्छ । ४. टेलिभिजन पनि निरन्तर लामो समय सम्म हेर्नु हुदैन । धेरै नजिक या टाढा राखेर हेर्नु राम्रो हुन्दैन् । कम्तिमा पनि ६ मिटर टाढा राखेर टेलिभिजन हेर्ने उचित हुन्छ टेलिभिजनको कलर र ब्राइटनेस पनि ठिक्क राखेर हेर्नुपर्छ । यसले आँखामा पीडा दिँदैन र स्वस्थ राख्न मद्दत गर्छ । ५. हरेक व्यक्तिले वर्षको एकपटक आँखा जँचाउनु पर्छ । आँखामा कुनै समस्या छैन, तर सुगर, हाई ब्लडप्रेसर, ट्युबरक्लोसिसजस्ता दीर्घ रोग छन् भने आँखामा जुनसुकै वेला खतरा निम्तिन सक्छ । यस्ता रोगीले वेला–वेला आँखा परीक्षण गराइराख्नुपर्छ । ६.खानपानले पनि आँखाको स्वास्थ्यमा प्रभाव पार्दछ । पानी पर्याप्त पिउनुपर्छ । आँखा सुक्खा हुन दिनु हुदैन । सिजनअनुसार हरियो सागपात, माछा–मासु, दूध र गेडागुडीमा जोड गर्नुपर्छ । पर्याप्त पोषणले आँखा स्वस्थ राख्छ ।

eye Health Karnali Health Institute

विशेष