प्रवास समाज

नेपाल एयरलान्स दुबई उड्ने खबरले नेपाली खुशी

नेपाल एयरलान्स दुबई उड्ने खबरले नेपाली खुशी
Nepal-Airlines-aircraftसाउन – ११ । नेपाल एयरलाइन्सले काठमाडौंदेखि दुबईको सिधा उडान भर्ने भएको छ । आगामी भदौ २ अर्थात् अगस्ट १८ देखि हप्ताको तीन दिन नियमित उडान गर्ने तयारी पूरा भएको हो । नेपाल एयरलाइन्सले हरेक आइतबार, मंगलबार र बिहिबार काठमाडौंबाट दुबईको लागि राती ११ः३० बजे उडान भर्ने छ । त्यस्तै, दुबईबाट सोमबार, बुधबार र शुक्रबार बिहान ४ः१० मा उडान भर्ने छ । सो उडानमा १ सय ५० इकोनोमी क्लासका र ८ बिजनेस क्लासका सिटहरु हुनेछ । नेपाल एयरलाइन्सले युएईको लागि जेनरल सेल्स एजेन्ट एन्टालाई तोकेको छ । यसै विषयमा औपचारिक जानकारी दिन आन्टाले २५ जुलाईमा दुबईमा पत्रकार सम्मेलन गरेको छ । एन्टाका जनरल म्यानेजर कुमार जगदिशले नेपाल एयरलाइन्सको उडानका लागि सबै तयारी पूरा भएको बताउँदैै आगमी अगस्त १८, विहीबार रातको ११ः३० बजे निगमले चार बर्ष पछि पहिलो उडान भर्ने जानकारी दिएका छन् । गुणस्तरीय खाना सुविधाका साथ पेय पदार्थ र दुबईबाट नेपाल आउँदा ३५ केजी सामान र नेपालबाट दुवई जादा २० केजी सामान ल्याउन पाइने सुविधा रहेको छ ।

Nepal Airlince UAE

विशेष