खेल

मूल्यवान क्लवको सूचीमा रियल म्याड्रिड पहिलो

मूल्यवान क्लवको सूचीमा रियल म्याड्रिड पहिलो
real madidसाउन – ११ । विश्वका सबैभन्दा मूल्यवान १०० क्लवहरुको सूची सार्वजनिक भएको छ । र भर्खरै युरोकप जितेको स्पेनका लागि यो सुखद खबर हो । अपेक्षाकृत रुपमै रियल म्याड्रिड र बार्सिलोना अन्य क्लबभन्दा ठूलो अन्तरका साथ शीर्ष दुई स्थानमा कायम छन् । समग्र मार्केट भ्याल्यू र ट्रान्सफर मार्केटको आधारमा मूल्यवान क्लव छान्ने गरिन्छ । युरोपियन च्याम्पियन्स लिग बिजेता रियल मड्रिडको ब्राण्ड भ्याल्यु ६६५.८१ मिलियन पाउण्ड छ भने लालिगा च्याम्पियन्स बार्सिलोना रियलभन्दा १० मिलियन पछाडि छ । यसको बजारमुल्य ६५५.७८ मिलियन पाउण्ड छ । १०० क्लवहरुको सूचीमा प्रिमियर लिग क्लव चेल्सी चौथो स्थानमा छ । उसको ब्राण्ड भ्याल्यू ४७५.६२ मिलियन पाउण्ड छ । यसैगरी ४६०.२८ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै म्यान्चेस्टर सिटी यसपछि आउँछ । च्याम्पियन्स लिग, फाइनलिष्ट एथ्लेटिको म्याड्रिड, इंग्लिस टोलीहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड ४४५.२३, ४१९.४३ र ३९८.८६ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै क्रमशः छैटौं, सातौं र आठौं नम्बरमा छन् । ३७९.९९ मिलियन पाउण्ड ब्राण्ड भ्याल्यूसँगै फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीन नवौं र सिरी ए च्याम्पियन युभेन्टस् ३७८.२५ मिलियन पाउण्ड भ्याल्यूसँगै दशौं स्थानमा छन् । एजेन्सी

Real Madrid

विशेष