
साउन - ११ । पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ३ सय ३० रनले विजयी भएको छ ।
जितका लागि ५ सय ६५ रन पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ३४ रनमै अलआउट भएको हो । पाकिस्तानका मोहम्मद हाफिजले ४२ तथा असद साफिकले ३९ रन बनाए ।
दोस्रो इनिङमा पाकिस्तानलाई कम रनमै समेट्न इंग्ल्याण्डका जेम्स एण्डरसन, मोइन अली र क्रिस ओक्सले समान तीन–तीन विकेट लिए । इंग्ल्याण्डले पहिलो इनिङ ५ सय ८९ तथा दोस्रो इनिङ १ सय ७३ रनमा समाप्तिको घोषणा गरेको थियो ।
पाकिस्तान पहिलो इनिङमा १ सय ९८ रनमै अलआउट भएको थियो । यससंगै यी दुईबीचको चार टेष्ट खेलको शृंखला एक–एकको बराबरी भएको छ ।
Crick
England
Pakistan