खेल

महिला राष्ट्रिय क्रिकेटकाे उपाधि एपीएफलार्इ

महिला राष्ट्रिय क्रिकेटकाे उपाधि एपीएफलार्इ
साउन - ११ । महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । त्रिवी खेलमैदान किर्तिपूरमा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पूर्वाञ्चल क्लबलाई १० रनले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सशस्त्रले निर्धारित १० ओभरमा एक विकेट गुमाउंदै ६४ रन बनाएको थियो । सशस्त्रका लागि सिता रानाले २९ तथा सरिता मगरले २२ रनको योगदान गरे । जवाफि व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित ओभरमा ५४ रन मात्र जोड्न सक्यो । पूर्वाञ्चलका लागि रविना क्षेत्रीले १६ तथा रश्मी शर्माले १२ रन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पूर्वाञ्चललाई सस्तैमा समेट्नका लागि करुणा भण्डारी र सरिता मगरले १/१ विकेट लिए ।

APF Cricket Women Cricket

विशेष