देश

सप्तकोशीकाे वहाव यस वर्षकै उच्च

सप्तकोशीकाे वहाव यस वर्षकै उच्च
साउन - ११ । सप्तकोशी नदीको पानीको वहाव यो वर्षको उच्च मापन गरिएको छ । Koshiनदीको वहाव आज २ लाख ८५ हजार २ सय २३ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । अघिल्लो दिन २ लाख ५० हजार क्युसेक नाघेको कोशीको वहाव आज दिउँसो २ लाख ८५ हजार पुग्दा कोशी ब्यारेजका ३६ वटा ढोका खोलिएका छन् । नदीको वहाव निरन्तर उकालो लाग्न थालेपछि नदी किनारका वासिन्दा त्रसित बन्न थालेका छन् । सप्तकोशी नदीमा २ लाख ५० हजार क्युसेक वहाव नाघेपछि रातो बत्ति बालिएको छ । कोशीमा ३ लाख क्युसेक सम्मको वहावलाई खतराको सूचक भन्दा मुनिको अवस्था मान्ने गरिन्छ । सुनसरी प्रशासनले कोशीमा कनै खतरा नरहेको भन्दै सर्वसाधारणमा नआत्तिन आग्रह गरेको छ । यद्यपी पानी बढ्ने क्रम जारी रहेकाले सवै निकायलाई सर्तक राखिएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनु भएको छ । अविरल वर्षाका कारण स्थानीय खोलानालमा पानीको सतह बढ्दा जिल्लाको दक्षिणवर्ति अधिकांश गाविस डुबानमा परेका छन् भने सदरमुकाम आसपासका क्षेत्र समेत जलमग्न बनेका छन् ।

badhi Koshi Sapta Koshi

विशेष