
साउन - ११ । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न नेपाल आएको अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसिसीको टोलीले दुबै क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्संग छलफल गर्ने भएको छ ।
आईसिसिको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद तथा दुबै क्यानसंग छलफल गर्ने कार्यक्रम छ । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख रहेकाछन् । गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो ।
Cricket
ICC