प्रवास समाज

भारतको बाटो हुँदै कुवेत जान लागेका महिलाको उद्धार

भारतको बाटो हुँदै कुवेत जान लागेका महिलाको उद्धार
Mahila Bideshसाउन ११ । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका चार महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट बसमा आएका यी महिलालाई एक जना दलालले त्रिनगर नाका कटाउँदै गरेको अवस्थामा शङ्का लागी सोधपुछ गरेपछि उद्धार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताएका छन् । सीमा कटाएबापत एक दलालले प्रतिमहिला पाँच हजार लिएका थिए । मुख्य दलाल भने दिल्लीबाट त्रिनगरपारीको गौरीफाँटा नाकामा रहेकोमा महिलाको उद्धारपछि उनी त्यहाँबाट फरार रहेका छन् । महिलालाई जिल्ला प्रहरी कार्यालयमा सोमबार सोधपुछ पछि माइती नेपाल धनगढीमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक विष्टले बताएका छन् ।

Bidesh Kuwait Mahila

विशेष