देश

सदन सरकार बनाउन र लडाउनमा व्यस्त : जनता बाढी पहिरोले बिचल्लीमा

सदन सरकार बनाउन र लडाउनमा व्यस्त : जनता बाढी पहिरोले बिचल्लीमा
samsadसाउन ११ । व्यवस्थापिककाे बैठककाे विषेश समयमा बाेल्दै सांसदहरुले सदन सरकार बनाउन र गिराउनमा ध्यान केन्द्रीत गरेकाे अाराेप लगाए । निरन्तरको अविरल वर्षासँगै देशभरका विभिन्न भूभागमा डुबानमा पर्दा पनि सरकार उदासिन रहेकाे उनीहरुकाे अाराेप छ ।  पहिरोको उच्च जोखिमका स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु-याएको जनधनको क्षतिका बारेमा जानकारी गराउन सांसदहरुले सरकारसँग माग गरेका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको विशेष समयमा सांसदहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको आरोप लगाए । उनीहरुले बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पु-याउन समेत ध्यान नदिएको गुनासो गरे । सभामुख ओनसरी घर्तीसँग समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उदासिन रहेको उनीहरुको गुनासो छ । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत माग गरे ।

Badhi Pahiro Samsad

विशेष